Techie IT
×
गृहपृष्ठकर्पोरेटमदिरा उत्पादक संघको अध्यक्षमा बावरा

मदिरा उत्पादक संघको अध्यक्षमा बावरा


काठमाडौं । नेपाल मदिरा उत्पादक संघको अध्यक्षमा वैजु प्रसाद बावरा निर्वाचित भएका छन् । संघको नवौं महाधिवेशनले बावरालाई निर्विरोध अध्यक्षमा चुनेको हो ।

यस्तै संघको उपाध्यक्षमा राजेन्द्र धिताल, महासचिवमा सुरेन्द्र उप्रेती, सचिवमा वरुण कुमार शाह र कोषाध्यक्षमा फुलर्सी क्षेत्री निर्विरोध निर्वाचित भएको संघले जनाएको छ । संघको कार्यकारी सदस्यहरुमा भीमसेन कुमार श्रेष्ठ, नविन थापा, सन्तोष कार्की, किसन शाह, किसन धनवत र श्याम शाह चयन भएका छन् ।


क्याटेगोरी : कर्पोरेट

तपाईको प्रतिक्रिया