Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगरियलमीका चार नयाँ उत्पादन बजारमा

रियलमीका चार नयाँ उत्पादन बजारमा


काठमाडौँ । विश्वभरि सबैभन्दा छिटो बढिरहेको स्मार्टफोन ब्राण्ड रियलमीले नेपाली बजारमा आफ्नो ४ नयाँ उत्पादनहरु लिएर आएको छ । कम्पनीले रियलमी सी ११, सी २०, सी २१ र रियलमी ८ बजारमा ल्याएको हो । कम्पनीका अनुसार सी सिरिज सी२० र २१ अघिल्लो संस्करणहरुमा उपलब्ध आकर्षक ब्याट्री र मिडिया टेक हेलियो जी गेमिङ सो सीभन्दा परिष्कृत छ । सी११ मा सँगै यी दुवै डिभाइसहरुमा भव्य ६.५ इन्चको डिस्प्ले रहेको छ । सी२१ मा सीमित प्रतिस्पर्धी ब्रान्डहरुले मात्र दिनसक्ने फोर जीबी -याम र ६४ जीबी स्टोरेजसहित ट्रिपल क्यामेरा रहेको छ । यसमा भएको सर्वोत्तम रियलमी यूआई २.० ले भिन्न अनुभव गराउँछ । सुन्दर डिजाइनका साथै साना–साना थुप्रै फिचरहरुले रियलमीका फ्यानहरुलाई रोमाञ्चित बनाउनेछ ।

यस्तै रियलमी ८ हरेक कोणबाट परिपूर्ण फिङ्गर प्रिन्ट सेन्सर भएको ६.४ इन्च सुपर एमोलेड फुल स्क्रिन डिस्प्ले रहेको छ । ओएलईडी डिस्प्ले भएको स्मार्टफोनहरुमा यतीको क्वालिटी कमै पाइन्छ । साथै, रियलमी ८ को डिस्प्ले एक हजार निट्ससम्म जान सक्छ । यसमा हेलियो जी९५ सो सी रहेको छ, जसले सामान्य फोनभन्दा बिल्कुलै फरक अनुभव गराउनेछ । ६ जीबी प्लस ५ जिबी -याम र १२८ जीबीको स्टोरेजसहितको रियलमी ८ को बलियो प्रोसेसरले हेभी लोडमा पनि सजिलै काम गर्नसक्छ । यसैगरी, गेम स्पेस फिचरले गेमिङका लागि सुविधाहरुबाट उपलब्ध गराएर पनि प्रयोगकर्ताहरुलाई सन्तुष्टि दिन्छ । यसका साथै, क्वाइड क्यामेरासहित आउने लाइट वेइट स्लिम डिजाइन भएको रियलमी ८ मा ३० वाट डर्ट चार्जिङको सुविधा छ, जसले फोनलाई ६५ मिनेटमा नै ० प्रतिशतबाट १०० प्रतिशत चार्ज गराइदिन्छ ।

नवीन प्रविधिहरु प्रयोग गरिएको रियलमीका उत्पादनहरु नेपालभरि एक हजारभन्दा धेरै स्टोरका साथै दराजमा पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ । यी चार उत्पादनहरुबाहेक रियलमीले दशैँअघि रियलमी सी२१ वाई र केही सरप्राइजहरु लिएर आउने पनि जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया