Techie IT
×
गृहपृष्ठकर्पोरेटचेम्बरको प्रचारप्रसार तथा अतिथि सत्कार समिति गठन

चेम्बरको प्रचारप्रसार तथा अतिथि सत्कार समिति गठन


काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सको प्रचारप्रसार तथा अतिथि सत्कार समिति गठन गरिएको छ । चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले कार्यसमिति सदस्य सन्तोष कुमार पाण्डेको सभापतित्वमा चेम्बरअन्तर्गत गठित समितिका पदाधिकारी तथा सदस्यहरुलाई मनोनयन पत्र प्रदान गरेका छन् ।

नवगठित समितिकोे सहसभापतिमा योगेश क्षेत्री तथा सदस्यहरुमा क्रमशः पंकज जलान, विपेन्द्र कार्की, राजेन्द्र थापा, रामराजा श्रेष्ठ, विज्ञान श्रेष्ठ, पशुपति देव पाण्डे, अनिल परियार, नवराज चालिसे, मोहन ओझा, सोना अमात्य, सुनिता वतासु, रमिता राजभण्डारी, रमेश ढकाल मनोनीत भएका छन् । उक्त अवसरमा अध्यक्ष मल्लले मुलुकको आर्थिक समृद्धि हाम्रो साझा लक्ष्य भएकोले चेम्बरको छातामुनि बसी अर्थतन्त्रको विकासको लागि योगदान दिने बताउँदै व्यवसायीहरुको वास्तविक मर्कालाई सम्प्रेषण गर्न पनि आग्रह गरे ।

अध्यक्ष मल्लले मिडिया क्षेत्रमा लामो अनुभव हासिल गरेका महानुभावहरुकोे प्रतिनिधित्व भएकोले नवमनोनीत टिमबाट महत्वपूर्ण भूमिका निर्वाह हुने अपेक्षा राखेको बताए । समितिका सभापति पाण्डेले वर्तमान टिम नयाँ सोच लिएर गठन भएको बताए । नवगठित समितिले आगामी दिनहरुमा नयाँ कार्यक्रमहरु ल्याइने बताए । सो अवसरमा नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दिपक श्रेष्ठको पनि उपस्थिति थियो ।


क्याटेगोरी : कर्पोरेट

तपाईको प्रतिक्रिया