Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसामसङको ‘छुटको तरंग दशैँ तिहारमा उमंग’ योजना

सामसङको ‘छुटको तरंग दशैँ तिहारमा उमंग’ योजना


काठमाडौँ । सामसङ नेपालले २०७८ दशैँ तिहारको शुभ अवसरमा ‘छुटको तरंग, दशैँ तिहारमा उमंग’ नामक योजना ल्याएको छ । यस योजनामार्फत सामसङका टिभी तथा डिजिटल एप्लाएन्सेस खरिदमा आकर्षक छुट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

ग्राहकहरुले यो योजना अवधिभर सामसङका टिभी, रेफ्रिजेरेटर, वासिङ मेसिनहरुको खरिदमा अधिकतम ३५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । त्यसैगरी निश्चित उपकरणहरुको निःशुल्क जडानको व्यवस्था पनि गरिएको छ । दशैँको उत्सवको क्रममा आफ्नो घरपरिवारको लागि केही नयाँ कुरा जोड्ने इच्छालाई सामसङको यो समसामयिक ग्राहकमुखी योजनाले सजिलै पूरा गर्न सहयोगी हुने विश्वास लिइएको छ । सामसङ प्लाजाको आधिकारिक वेबसाइटबाट पनि सामसङका उत्पादनहरु अनलाइन खरिद गर्ने वैकल्पिक सुविधा पनि ग्राहकहरुलाई प्रदान गरिएको छ । सामसङ प्लाजा तथा निश्चित आउटलेटहरुबाट सहज किस्ताबन्दीे सुविधा पनि रहेको छ ।

कम्पनीद्वारा टिभीहरुमा दुई वर्ष (एक वर्ष फुल प्रोडक्ट वारेन्टी र थप एक वर्ष प्यानलमा) को वारेन्टी प्रदान गरेको छ । रेफ्रिजेरेटर तथा एसीको डीआईटी कम्प्रेसरमा १० वर्षको वारेन्टी उपलब्ध गराइएको छ भने वासिङ्ग मेसिनको डीआईटी मोटरमामा १० वर्षको वारेन्टी रहेको छ । विगत १५ वर्षदेखि सामसङ टिभी ग्लोबल नम्बर १ टिभी हुन सफल भएको छ भने रेफ्रिजरेटरहरु र वासिङ मेसिनहरुको पनि नेपाली बजारमा राम्रो स्थान ओगट्न सफल भएको छ । ‘छुटको तरंग, दशैँ तिहारमा उमंग’ असोज १ गतेदेखि सुरु भई कात्र्तिक २९ गतेसम्म वा स्टक रहुन्जेलसम्मको लागि लागू हुनेछ । ‘छुटको तरंग दशैाँ तिहारमा उमंग’ सामसङका आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स तथा त्रिवेणी व्यापार मातहतका नेपाल अधिराज्यभर रहेका आधिकारिक बिक्रेतामार्फत लागू गरिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया