Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगमार्बुमा आधारभूत स्वास्थ्य केन्द्र निर्माण हुँदै

मार्बुमा आधारभूत स्वास्थ्य केन्द्र निर्माण हुँदै


दोलखा । जिल्लाको बैतेश्वर गाउँपालिका–७ मार्बुमा बर्थिङ सेन्टर र ल्याबसहितको १० बेडको आधारभूत स्वास्थ्य केन्द्र निर्माण भइरहेको छ । ग्रामीण भेगका नागरिकलाई स्वास्थ्यमा पहुँच दिने उद्देश्यले वडामा १० बेडको स्वास्थ्य केन्द्र निर्माण गर्न लागिएको हो ।

लामो समयदेखि गाउँबाट टाढा रहेका अस्पताल पुगेर सुत्केरी गराउँदै आएका महिलाहरुलाई गाउँमै सो सेवा उपलब्ध गराउने उद्देश्यले ल्याब र बर्थिङ सेन्टर स्थापना गर्न लागिएको वडा अध्यक्ष रेशम राजस्वराज रिमालले जानकारी दिए । उनका अनुसार प्रदेश सरकार र केही सहयोगी संस्थाको सहयोगमा स्वास्थ्य केन्द्र निर्माण भइरहेको छ । भवन निर्माण गर्न प्रदेश सरकारले ६० लाख रुपैयाँ अनुदान सहयोग गरेको छ । यस्तै सहयोगी संस्था विकास समाज नेपालको थप ६० लाख आर्थिक सहयोग गरेको रिमालले जानकारी दिए । हाल सो भवन निर्माणको काम तीव्र गतिमा भइरहेको छ । भवन निर्माणको जिम्मा वडाले गाउँका स्थानीय उपभोक्तालाई दिएको छ ।

भवनको निर्माण गत वर्षको माघदेखि सुरु गरिएको हो । उपभोक्ता समितिले आगामी जेठमा भवनको निर्माण सम्पन्न गरेर वडालाई हस्तान्तरण गर्ने जनाएको छ । स्वास्थ्य केन्द्रमा राखिने ल्याबबाट ग्रामीण भेगका नागरिकले निःशुल्क स्वास्थ्य सेवाको उपभोग गर्न पाउनेछन्


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया