Techie IT
×
गृहपृष्ठकर्पोरेटसोलुमै पेन्ट्सको डिलर सञ्चालन, गुणस्तरीय रंग पाइने

सोलुमै पेन्ट्सको डिलर सञ्चालन, गुणस्तरीय रंग पाइने


सोलुखुम्बु । जनता पेन्ट्सले सोलुखुम्बुमा पनि आफ्नो सेवा विस्तार गरेको छ । आइतबारबाट कम्पनीले जिल्लामा आफ्नो सेवा सञ्चालन गरेको जनाएको छ । सोलुदूधकुण्ड नगरपालिका–६ मा सञ्चालित प्रदर्शन जनरल अर्डर एण्ड सप्लायर्स यसको आधिकारिक बिक्रेता रहने कोशी शाखा प्रबन्धक राजन पराजुलीले जानकारी दिए ।

डिलरको आइतबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको हो । उक्त कार्यक्रममा सहभागीहरुलाई रंगको प्रयोग र प्रभाविकारिताको बारेमा आवश्यक जानकारी दिँदै पराजुलीले पेन्ट्सको वारेन्टी पाँचदेखि १० वर्षसम्म रहने प्रस्ट पारे । हिमाली जिल्ला सोलुखुम्बुमा पछिल्लो समय रंगको मागअनुसार डिलर राखिएको आधिकारिक बिक्रेता प्रदर्शन जनरल अर्डर एण्ड सप्लायर्सका सञ्चालक दिपक राजभण्डारीले बताए । ग्राहकको चहानाअनुसार सुपथ मूल्यमा गुणस्तरीय रंग उपलब्ध गराउन सकिने उनको भनाइ छ ।


क्याटेगोरी : कर्पोरेट

तपाईको प्रतिक्रिया