Techie IT
×
गृहपृष्ठकर्पोरेटचांगन अटो काठमाडौंमा आधुनिक शोरुमका साथ आउँदै

चांगन अटो काठमाडौंमा आधुनिक शोरुमका साथ आउँदै


काठमाडौँ । अटोमोबाइलको दुनियाँमा एक अग्रणी ब्रान्ड, चांगन अटो काठमाडौंमा एक विश्वस्तरीय शोरूमसँग आउने भएको छ । चांगन अटोमोबाइल तीव्रगतिमा बढिरहेको एक ग्लोबल अटोमोबाइल कम्पनी हो, जुन ६० भन्दा बढी देशहरुमा पहिचान बनाउन सफल भएको छ । आफूलाई सर्वोत्तम बनाउन कम्पनीले आफ्नो सेवा र सुविधाको गुणस्तर कायम गर्दै डिजाइन र प्रविधिमा विशेष जोड दिएको छ ।

काठमाडौं सहरको मुटुमा चांगनको शोरुम पर्याप्त पार्किङ क्षेत्रसहित तीन रोपनीको क्षेत्रफलमा निर्माण गरिने बताइएको छ । यस कम्पनीको निर्माण हुनलागेको विलासी डिजाइनको शोरुम दुवै भित्र र बाहिरबाट उच्चस्तरीय हुने भएकाले यसले ग्राहकहरुको अनुभवमा नयाँ परिभाषा दिने कम्पनीको दाबी छ । यस शोरुमले गुणस्तरीयता अनुभूतिको महसुस गराउँदै सम्पूर्ण नेपाली बजारमा एक बेग्लै किसिमको छाप छोड्ने बताइएको छ ।


क्याटेगोरी : कर्पोरेट

तपाईको प्रतिक्रिया