Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगअशोक लेल्यान्डको ‘दशैँ तिहारको वहार, पक्का उपहार’

अशोक लेल्यान्डको ‘दशैँ तिहारको वहार, पक्का उपहार’


काठमाडौं । आईएमई ग्रुपअन्तर्गत सञ्चालित आईएमई मोटर्सले नेपालीहरुको महान् चाड दशैँ तिहारलाई लक्षित गरी ‘दशैँ तिहारको वहार पक्का उपहार’ साथै बम्पर उपहार योजना ल्याएको छ । जसअन्तर्गत कुनै पनि अशोक लेल्यान्डको गाडी खरिदमा ग्राहकले छानी–छानी उपहार पाउनेछन् ।

चाडपर्वमा ग्राहकहरुले अफरलाई नै बढी प्राथमिकता दिने भएको हुँदा ग्राहकको मागअनुसार नै कम्पनीले यो योजनालाई बजारमा ल्याएको आईएमई मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुरानिकले बताए । योजनाअनुसार ग्राहकले अशोक लेल्यान्डको दोस्त, बस साथै ट्रक टिप्परको कुनै पनि मोडलको गाडी खरिद गर्दा आफ्नो इच्छाअनुसार उपहार छानी–छानी लान सक्नेछन् ।

अफरअन्तर्गत अशोक लेल्यान्डको दोस्त गाडीको खरिदमा १५ ग्राम सुन अथवा स्मार्टफोन साथै थप क्यास डिस्काउन्ट अथवा स्मार्ट टिभी साथै क्यास डिस्काउन्ट पाउन सक्नेछन् । ग्राहकहरुले प्रत्येक आईसीभी हाउलेग, एमसीभी टिप्पर वा बस खरिदमा ३० ग्राम सुन अथवा आईफोन १२ प्रो म्याक्स अथवा टीभीएस एनटर्क स्कुटर पाउन सक्नेछन् । साथै उक्त गाडीहरुमध्ये एकैपटक दुईवटा गाडीको खरिदमा ६० ग्राम सुन अथवा एपल म्याक बुक प्रो साथै आइफोन १२ प्रो म्याक्स अथवा रोयल इन्फिल्ड ३५० सीसी बुलेट बाइक पाउन सक्नेछन् ।

यस्तै कुनै पनि एचसीभी साथै आईसीभी टिप्परको एउटा गाडी खरिदमा ३० ग्राम सुन अथवा आईफोन १२ प्रो म्याक्स अथवा टीभीएस एनटर्क स्कुटर पाउनेछन् । त्यस्तै दुईवटा एचसीभी र आईसीभी टिप्परको खरिदमा ६० ग्राम सुन तोला सुन अथवा एपल म्याक बुक पो र आईफोन १२ प्रो म्याक्स अथवा रोयल इन्फिल्ड ३५० सीसी बुलेट बाइक पनि पाउन सक्नेछन् । उक्त गाडीको खरिदमा माथि उल्लिखित उपहारभन्दा अझ थप अफर पनि प्राप्त गर्नसक्ने कम्पनीले जनाएको छ । यो योजनाअन्तर्गत बम्परमा तीन जान भाग्यशाली जोडीलाई पाँच रात छ दिने युरोप टुरको पनि अफर ल्याएको कम्पनीले जनाएको छ । चाडपर्वलक्षित यो योजना मंसिर ३० गतेसम्म मात्र लागू हुने बताइएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया