Techie IT
×
गृहपृष्ठकर्पोरेटबज्रको दशैँ फेस्टिभ अफर

बज्रको दशैँ फेस्टिभ अफर


काठमाडौं । बज्र ग्रुपले हरेक वर्ष ल्याउँदै आएको, बज्र स्यानिटरी वेयरको बडा दशैं फेस्टिभ अफर यस वर्ष पनि सुरु गरेको छ । बानेश्वर, ढोलाहिटी, लगनखेल र पोखरालगायतका चारै शाखा कार्यालयहरुमा उपलब्ध उक्त अफरमा कम्पनीले कम्बो, स्क्र्याच कुपन, वाई वन गेट वान फ्रि र क्यासब्याकजस्ता आकर्षक अफरहरु सार्वजनिक गरेको छ ।

उक्त अफरहरु भदौ २४ गतेदेखि सुरु भएको र कात्तिक १० गतेसम्म अर्थात्् छठपर्वसम्म रहने कम्पनीले जनाएको छ । बज्र ग्रुपले फेष्टिभ अफरबाट बजारमा रहेभन्दा अन्तर्राष्ट्रियस्तरका उत्पादन, सेवा र छुट उपलब्ध गराई ग्राहकहरुलाई पूर्णरुपमा सन्तुष्टि प्राप्त हुने विश्वास कम्पनीले लिएको छ । स्थापना भएको ३० वर्ष पुगिसकेको यस बज्र ग्रुपले कोलेर, सोमानी, जाक्युर, डिन्डवयर, सीआरडब्लुजस्ता उत्कृष्ट ब्राण्डका सम्पूर्ण सामग्रीहरु बिक्रीवितरण गर्दै आइरहेको छ ।


क्याटेगोरी : कर्पोरेट

तपाईको प्रतिक्रिया