Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसहारा एपको राइडर र सेवाग्राहीलक्षित दशैँ अफर

सहारा एपको राइडर र सेवाग्राहीलक्षित दशैँ अफर


काठमाडौं । नेपालीहरूको महान् चाड बडादशैँको अवसरमा राइड सेयरिङ सेवा दिँदै आएको सहारा एपले राइडर र सेवाग्राही दुवैलाई लक्षित गरी धमाकेदार दशैँ अफर ल्याएको छ ।

महोत्सवमा राइडरले होण्डा साइन बाइक र रेडमी ९ मोबाइल जित्ने मौका रहेको छ भने ग्राहकले सहाराको वालेटमा पाँच हजार रुपैयाँ जित्ने मौका छ । असोज १ गतेदेखि २० सम्म चल्ने यस योजनामा हरेक हप्ता टप राइडरलाई रेडमी ९ र नगद बोनस समेत पाउनेछन् । उपहार जित्नका लागि राइडर र ग्राहक दुवैले ४५ वटा राइड पूरा गरेको हुनुपर्ने कम्पनीका अध्यक्ष शेखर श्रेष्ठले जानकारी दिए ।

अफरको अन्तिममा एक जना भाग्यशाली विजेताले बम्पर उपहारअन्तर्गत होण्डा साइन बाइक प्राप्त गर्नेछन् । नेपालमा सन् २०१९ देखि राइड सेयरिङ सेवा सुरु गरेको सहारा एपले निकट भविष्यमा फुड तथा अन्य सेवा पनि प्रदान गर्ने कम्पनीका सीईओ विशाल जीसीले जानकारी दिए । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया