Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगग्रेटवाल मोटर्सको ६ लाखसम्म फाइदा हुने अफर

ग्रेटवाल मोटर्सको ६ लाखसम्म फाइदा हुने अफर


काठमाडौं । ग्रेटवाल मोटर्स नेपालको आधिकारिक बिक्रेता भिजी इम्पेक्स प्रालिले यसपालिको दशैँ, तिहार तथा छठपर्वको उपलक्ष्यमा ग्राहक लक्षित छ लाख रुपैयाँसम्मको फाइदा हुने अफर ल्याएको छ ।

कम्पनीका अनुसार यो अफर थर्ड जेनेरेसनको हावल एच६/हावल जोलियलका साथै पिक–अप पिओरमा उपलब्ध हुनेछ । नेपालको एसयूभी/पिक–अप बजारमा अग्रणी स्थानमा रहेर सेवा दिने लक्ष्यसहित आक्रामक बजार प्रवर्द्धनअनुरुप नै यो अभियान ‘चाडपर्वको उमङ्ग हावल र पिओर चढी दङ्ग’ अफर ल्याइएको हो । यी उत्पादनहरुमध्ये, जोलियन विश्वभरि नै अग्रणी अर्बान एसयूभीमा पर्दछ भने थर्ड जेनेरेसन एच६ विश्वव्यापी प्रविधिको न्यू–जेनेरेसन मोडेलको रुपमा रहेको छ । प्रचलित र हाई–टेक विशेषताहरु नै यी गाडीहरुको सबैभन्दा आकर्षक पक्ष हुन् । विगत ११ वर्षदेखि चीनमा नम्बर १ बिक्री हुने एसयूभीमा हावल पर्दछ । यसको विश्वव्यापी बिक्री ६५ लाख एकाइभन्दा बढी छ । हावल एच६ को विश्वव्यापी बिक्री ३५ लाख एकाइभन्दा धेरै छ, जसकारण यो ९५ महिनासम्म चीनमा सबैभन्दा धेरै बिक्री हुने एसयूभी भएको छ ।

कम्पनीका अनुसार यस अफरअनुसार आकर्षक नगद छुट, एक वर्षको निःशुल्क सडक कर, सहज फाइनान्सको सुविधा, एक वर्षको विस्तृत बीमा, सबै हावल गाडीहरुमा पाँच वर्षको र पिओर गाडीमा तीन वर्षको वारेन्टी उपलब्ध छ । यसको शोरुम थापाथली, काठमाडौंमा अवस्थित छ । यस्तै ग्राहकहरुलाई देशभर एक प्रिमियम अनुभव प्रदान गर्नका लागि यसको नेटवर्क नेपालभरिका प्रमुख सहरहरुमा विस्तार गर्ने योजना रहेको कम्पनीले जनाएको छ । साथै चाकुपाट, पाटनमा पनि यसको सर्भिस सेन्टर चाँडै खुल्ने कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार थर्ड जेनेरेसन हावल एच६ को प्रारम्भिक मूल्य एक करोड तीन लाख ९९ हजार नौ सय ९९ रुपैयाँ रहेको छ । यो गाडी एसयूभी वर्गमा सुविधा र लक्जरीको बेजोड नमूना हुनुका साथै शक्ति र विलासिताको अनुपम संगम पनि हो । २.० लिटरको दमदार टर्बो पेट्रोल इन्जिनले अधिकतम आउटपुट दिन्छ । १५० किलोवाटको पावर र ३२० एनएमको टर्कमा उपलब्ध यस गाडीमा रहेको पर्याप्त ग्राउण्ड क्लियरेन्सले नेपाली सडकमा गाडी गुडाउने अनुभवलाई विशेष आरामदायी अनुभूति प्रदान गर्ने कम्पनीको दाबी रहेको छ ।

यस्तै हावल जोलियनको प्रारम्भिक मूल्य ५७ लाख ९९ हजार नौ सय ९९ रुपैयाँ रहेको छ । यो मोडेल पनि चारवटा भेरियन्टमा प्रस्तुत गरिने कम्पनीले जनाएको छ । १.५ लिटरको दमदार टर्बो पेट्रोल इन्जिनले ११० किलोवाटको पावर र र २२० एनएमको टर्कले अधिकतम आउटपुट दिन्छ । यस गाडीमा रहेको पर्याप्त ग्राउण्ड क्लियरेन्स नेपाली सडकको लागि उचित रहेको छ ।

यसैगरी पिओर पिकअफको प्रारम्भिक मूल्य ७० लाख ९९ हजार नौ सय ९९ रुपैयाँ रहेको कम्पनीले जनाएको छ । यसको पिकअप सेगमेन्टमा पाइलट भेरियन्ट बजारमा उपलब्ध छ । २.० लिटरको डिजल इन्जिनले अधिकतम आउटपुट दिन्छ । १२० किलोवाटको मोडल र ४ एनएमको टरक्यू रहेको यस गाडीमा, हाइयर ग्राउण्ड क्लियरेन्सले नेपालकोे खाल्डाखुल्डी भएको सडकमा पनि आरामदायी सवारीको अनुभव गराउनका साथै रफ सडकबाट गाडीलाई सुरक्षित राख्छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया