Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगलस्कर फुड्सले ल्यायो आकर्षक अफर

लस्कर फुड्सले ल्यायो आकर्षक अफर


काठमाडौं । अनलाइन फुड डेलिभरी प्लेटफर्म लस्कर फुड्सले आकर्षक कम्बो अफरसहित खानाहरुमा विशेष छुट ल्याएको छ । लस्कर फुड्स अनलाइनबाटै खानेकुरा अर्डर गर्न सकिने प्लेटफर्म हो । ग्राहकले चाहेको खानेकुरा सजिलैसँग घरघरमा पु-याउने लक्ष्य लस्कर फुड्सले लिएको छ ।

लस्कर फूड्सले बिहीबारदेखि अनलाइन प्रतियोगिता समेतको आयोजना गरी दुई जनालाई फुड कुपन भाउचरको व्यवस्था गरेको छ । दुई जना विजेता ग्राहकले चाहेको खानेकुरा जित्न सक्नेछन् । एक हजार पाँच सय रुपैयाँबराबरको खानेकुरा एपबाट मगाई वा लस्कर फुड्सको कार्यालयमा सम्पर्क गरी विजेताले मगाउन सकिने लस्कर फुड्सका प्रमुख कार्यकरी अधिकृत सुमन वस्तीले बताए । ग्राहकले केही नियमको पालना गरी फुड कुपन जित्न सकिने वस्ती बताउँछन् ।

नेपालीको महान् चाडबाड नजिकिएसँगै क्रमशः अन्य विभिन्न अफरहरु ल्याउँदै जाने उनको भनाइ छ । लस्कर फुड्सको प्रमुख आकर्षण नै गुणस्तरीय खानेकुरा अनलाइनमार्फत घरमै उपलब्ध गराउने लक्ष्य छ । तोकेको समयसीमाभित्रै अर्डर गरिएका खानेकुरा डेलिभरी गर्नु नै लस्कर फुड्सको प्रमुख उद्देश्य हो । लस्कर फुड्सले खाना पु¥याएको डेलिभरी चार्ज नलिने गरेको छ । प्रभु–पे, इ–सेवा, खल्तीका साथै क्यास अन डेलिभरीबाट बिल तिर्न मिल्ने व्यवस्था छ । ठमेल पकनाजोलस्थित रहेको लस्कर फुड्सको कार्यालयमा सिधै फोन गरेर वा लस्कर फुड अनुप्रयोग (एप)बाट आफूलाई मन पर्ने खाना मगाउन सकिने प्रमुख कार्यकारी अधिकृत वस्ती बताउँछन् । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया