Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगरियलमी विश्वकै उत्कृष्ट ६ स्मार्टफोन ब्रान्डमध्येको एक

रियलमी विश्वकै उत्कृष्ट ६ स्मार्टफोन ब्रान्डमध्येको एक


काठमाडौं । काउन्टरपोइन्टको अनुसन्धान अनुसार रियलमी विश्वबजारको वरीयता क्रममा उत्कृष्ट ६ स्मार्टफोन बिक्रेताभित्र पर्न सफल ब्रान्ड भएको छ । यो सूचीभित्र पर्नको लागि रियलमीले २०२१ को दोस्रो त्रैमासिकमा एक सय ५० करोड आफ्नो उत्पादन बजारमा उपलब्ध गराएर एक सय ३५ दशमलव एक प्रतिशतको वाईओवाई वृद्धि गरेको थियो । यो उपलब्धि कम्पनीले मात्र तीन वर्षमा हासिल गरेको हो । जबकि पहिलो स्थानमा रहेको सामसङको छ दशमलव तीन प्रतिशत वृद्धि रहेको छ ।

‘गएको तीन वर्षमा नै रियलमी एक भर्खर जन्मिएको बिरालोको बच्चा केही समयमा नै बाघ बनेजस्तो गरेर आक्रामक रुपले बजारमा विस्तारित भइरहेको छ । विश्वभरिका २९ वर्षमुनिका युवाहरुप्रति लक्षित रियलमी ग्राहकहरुलाई असाधारण उत्पादन ल्याउन कटिबद्ध छ’, कम्पनीका सीईओ स्काई लि भन्छन् । उनका अनुसार कसैले नसुनेको ब्रान्डबाट आफ्नो सुरुवात गरेको रियलमी आज विश्वको ६१ भन्दा धेरै बजारहरुमा आफ्ना ग्राहकहरुको अपेक्षालाई पूर्ण गर्दै आएको छ । यीमध्ये १८ वटा बजारमा त रियलमी उत्कृष्ट पाँचभित्र सफल बन्नसकेको छ ।

स्रोतहरुको अनुसार क्यू टु २०२१ मा फिलिपिन्स र बंगलादेशमा पहिलो श्रेणीमा थियो भने रुसमा तेस्रो, भारतमा चौथो र युरोपमा पाँचौँ स्थानमा रहेको थियो । स्टार्टेजी एनालाइसिसको क्यू टु २०२१ डाटाअनुसार स्थापनाकालदेखि आफ्नो सबैभन्दा धेरै उत्पादन बजारमा उपलब्ध गराउने ब्रान्डहरुमध्ये रियलमीले १० करोड आफ्नो ब्रान्ड उपलब्ध गराएको थियो । भारतमा मात्रै क्यू टु २०२१ मा ५०० युनिट पठाएको थियो । भारतीय स्मार्टफोन बजारको १४ दशमलव छ प्रतिशत ओगटेको रियलमी चौथो स्थानमा रहेको छ । यस्तो गर्ने भारतीय बजारमा रियलमी नै पहिलो ब्रान्ड हो ।

यो ब्रान्ड ‘डेयर टु लिप’बाट अघि बढ्दै आक्रामक रणनीति अपनाएर आफूलाई विश्वव्यापीकरण गरिरहेको छ । ग्राहकहरुको मागलाई ध्यानमा राख्दै नवीन प्रविधिहरुलाई आत्मसात् गरेर सुन्दर डिजाइन र प्रयोगमैत्री उत्पादन निकाल्नु नै रियलमीको सफलताको सूत्र हो । ६४ एमपी क्यामेराको सेग्मेन्टमा अग्रणी रियलमीले एन्ड्रोइडमा म्याग्नेटिक वायरलेस चार्जिङ टेकको परिचय विश्वमा पहिलोपटक गराएको थियो ।

यस्तै नवीनता र विकासका प्रवृत्तिहरुले गर्दा रियलमी आज युवाहरुलाई मोहित पार्न सफल भएको कम्पनीको दाबी छ । कम्पनीले फाइभजी उत्पादनहरुलाई पनि प्राथमिकतामा राखेको छ । काउन्टरपोइन्ट मार्केट मोनिटर सर्भिस डाटा क्यू टु २०२१ को अनुसार रियलमीको फाइभ जी स्मार्टफोन बजार हिस्सा क्यू वानमा आठ दशमलव आठ प्रतिशतबाट बढेर क्यू टुसम्म आइपुग्दा १५ प्रतिशत भएको थियो, जसका कारण रियलमी तेस्रो स्थानमा उक्लिन सफल भयो । क्यू टु २०२१ मा रियलमीको भारतीय फाइभ जी स्मार्टफोन बजारमा २२ प्रतिशत हिस्सा थियो ।

कम्पनीका अनुसार २०१८ क्यू थ्रीमा रियलमीले १२ लाख उत्पादन बजारमा उपलब्ध गराउँदा यसको स्थान ४७औँ थियो भने २०१८ क्यू फोरमा ३२ लाख उपलब्ध गराएको थियो । यसैगरी २०१९ क्यू वानमा २८ लाख उत्पादन उपलब्ध गराएर १४औँ स्थान सुरक्षित गरेको रियलमीले २०१९ क्यू थ्रीमा एक करोड दुई लाख उत्पादन बजारमा उपलब्ध गराउँदै सातौँ स्थानमा उक्लिएको थियो । अहिले आएर २०२१ को क्यू टुमा आफ्नो एक करोड ५० लाख उत्पादन बजारमा पठाएर रियलमी छैठौं स्थानमा उक्लिन सफल भएको छ ।

कम्पनीका फाउण्डर तथा सीईओ स्काई लीका रियलमीको अबको लक्ष्य भनेको २०२२ र २०२३ मा १० करोडसम्म आफ्नो उत्पादन बजारमा उपलब्ध गराउनु हो । यस्तै रियलमीको भावी रणनीति विभिन्न उत्पादनहरुलाई मूलधार बजारमा ल्याएर यसको प्रविधिलाई परिपक्व बनाउने रहेको छ । यसको जीटी सिरिज प्रिमियम हुनेछ, जसले नवीन प्रविधिहरुको खोज गरेर हाई–एन्ड सेग्मेन्टमा आफ्नो बलियो उपस्थिति जनाउनेछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया