Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगशाओमी नेपालको दशैँ अफर : ‘मी लिएको छैन’

शाओमी नेपालको दशैँ अफर : ‘मी लिएको छैन’


काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमी नेपालले हरेक शाओमी टेलिभिजनहरुको खरिदमा विशेष छुटको घोषणा गरेको छ । मी फ्यानहरुले यस अफरअनुरुप विभिन्न मी एलईडी टेलिभिजन र अन्यको खरिदमा पर्याप्त छुटहरु प्राप्त गर्नेछन् ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीका अनुसार देशमा शाओमी टेलिभिजनको लन्च भएदेखि नै कम्पनीले आफ्नो श्रेणीमा केही उच्च मापदण्ड राख्दै आएको छ । कम्पनीका उपकरणहरुमध्ये प्रिमियम मूल्य क्षेत्रमा डि–फ्याक्टो विकल्पको रुपमा परिणत भएको उनले बताए । दशैँलाई लक्षित गर्दै शाओमीले ग्राहकहरुलाई यो चाडबाडको बेलामा नयाँ टेलिभिजन किन्न र शाओमीका टेलिभिजनहरुमा आफ्ना प्रियजनहरुसँग आफूलाई मन पर्ने कायक्रमहरु हेर्नको लागि यो विशेष छुटको अफर ल्याएको उनले बताए ।

कम्पनीका अनुसार यस अफरअन्तर्गत ३८ हजार नौ सय ९९ रुपैयाँ पर्ने मी एलईडी टिभी ४ ए प्रो ३२ अब ३४ हजार नौ सय ९९ रुपैयाँमा पाइनेछ । यस्तै मी एलईडी टिभी४ ए ४० को मूल्य ४४ हजार नौ सय ९९ बाट घटेर ३९ हजार नौ सय ९९ रुपैयाँमा पाइनेछ । यसैगरी ४९ हजार नौ सय ९९ रुपैयाँ रहेको मी एलईडी टिभी४ ए४३ होराइजन ४६ हजार नौ सय ९९ रुपैयाँमा, ६४ हजार नौ सय ९९ रुपैयाँ रहेको मी एलईडी टिभी४एक्स४३ ५४ हजार नमै सय ९९ रुपैयाँमा, ८९ हजार नौ सय ९९ रुपैयाँ रहेको मी एलईडी टिभी४एक्स५५ ७९ हजार नौ सय ९९ रुपैयाँ र एक लाख ३९ हजार नौ सय ९९ रुपैयाँ रहेको मी एलईडी टिभी४एक्स६५ एक लाख नौ हजार नौ सय ९९ रुपैयाँमा पाइने कम्पनीले जनाएको छ । यो अफर सीमित अवधिको लागि मात्र लागू हुने कम्पनीको भनाइ छ ।

यसका साथै शाओमी नेपालले ‘महापर्वको उमङ्ग’को ट्यागलाइनअन्तर्गत ‘दशैँ विथ मी’ नामको दशैँं अभियान पनि चलाइरहेको छ । यस अफरअन्तर्गत मी टिभीको खरिदमा, एक भाग्यशाली ग्राहकले दैनिक मी वाच लाइट प्राप्त गर्नेछन् र मी फोन वा पोको फोनको खरिदमा, दुई भाग्यशाली ग्राहकहरुले दैनिक मी ब्लूटूथ स्पीकर पाउनेछन् ।

यो अभियान भदौ १६ बाट सुरू भएको र यसको समापन भने असोज २९ गते हुने कम्पनीले जनाएको छ । ग्राहकहरुले यस अभियानको दौरानमा विभिन्न पुरस्कारहरु जित्न सक्नेछन् । कम्पनीका अनुसार शाओमी र पोको मोबाइल खरिद गर्ने दुई जनाले दैनिक रुपमा मी ब्लूटुथ स्पिकर, साप्ताहिक रुपमा एक जनाले मी टिभी २१ इन्च र बम्पर उपहारमा चार जनाले मी टिभी ६५ इन्च पाउनेछन् । यसैगरी मी टिभी खरिद गर्ने एक जनाले दैनिक रुपमा मी लाइट वाच, साप्ताहिक रुपमा एक जनाले रेडमी नोट १० प्रो र बम्पर उपहारमा चार जनाले मी ११ स्मार्टफोन पाउनेछन् । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया