Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगबजाज पल्सर ईपीएल सुरु

बजाज पल्सर ईपीएल सुरु


काठमाडौं । ‘काठमाडौं किंग्स ११’ ले चौथो संस्करणको बजाज पल्सर एभरेष्ट प्रिमियर लिगका लागि आफ्नो टिम सार्वजनिक गरेको छ । काठमाडौँ किंग्सले जर्सी नं.सहित आफ्ना खेलाडीहरुको घोषणा गरेको हो ।

खेलमा पाकिस्तानी राष्ट्रिय टिमका पूर्वकप्तान तथा ब्याट्सम्यान शाहिद अफ्रिदीले जर्सी नं १०, अर्को अन्तर्राष्ट्रिय खेलाडी जनप्रकाशले जसी नं. १६, अफगानी ब्याट्सम्यान रेहमानुल्लाह गुर्वाजले भने २८ नं को जर्सी लगाउनेछन् ।

यस्तै काठमाडौँ किंग्स ११ का कप्तान सन्दिप लामिछानेले जर्सी नं २५, गुल्सन झाले जर्सी नं १५, सुवास खकुरेलले जर्सी नं २६, सिद्धान्त लोहनीे जर्सी नं १७ जितेन्द्र मुखियाले जर्सी नं ६५ लगाउनेछन् । यस्तै अमित श्रेष्ठ २७ नं जर्सी, राजु रिजाल ५ नं जर्सी, अमर सिङ्ग रौटेला ८१ नं जर्सी, शेर मल्ल ५८ नं जर्सी, सम्सद शेख ७ नं जर्सी, दिपेन्द्र रावत ९ नं जर्सी, आकाश चन्द २४ नं जर्सी र रायन वर्ल ५४ नं को जर्सी लगाएर उत्रिनेछन् ।

छ टिमले प्रतिस्पर्धा गर्ने यो ईपीएल शनिबारबाट सुरु भइसकेको छ । खेल आगामी असोज २५ गतेसम्म कीर्तिपुरको टीयु मैदानमा सञ्चालन हुनेछ । काठमाडौँ किंग्स ११ ले पहिलो चरणमा शनिबार ललितपुर प्याट्रिएट्ससँग प्रतिस्पर्धा गरेको छ । उक्त खेलमा काठमाडौं किंग्स सात विकेटले विजयी भएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया