Techie IT
×
गृहपृष्ठकर्पोरेटनाडाको साधारणसभा र निर्वाचन मंसिर महिनामा हुने

नाडाको साधारणसभा र निर्वाचन मंसिर महिनामा हुने


काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ४५औँ वार्षिक साधारणसभा तथा निर्वाचन मंसिरमा हुने भएको छ । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको अध्यक्षतामा शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले आगामी मंसिर २२ र २३ गते होटल सोल्टीमा साधारणसभा तथा निर्वाचन गर्ने निर्णय गरेको हो ।

नाडाको संशोधित विधान २०७८ अनुसार प्रत्येक दुई वर्षमा अध्यक्षलगायत संस्थागत तथा साधारण गरी २७ जना केन्द्रीय कार्यसमितिको निर्वाचन हुनेछ । नाडाले सातवटै प्रदेशमा संस्थागत प्रदेशस्तरीय एसोसिएसन समेत गठन गरिसकेको जनाएको छ । सो बैठकमा अध्यक्ष दुलालले नाडाको ट्राफिक जनचेतनासम्बन्धी कार्यक्रमलाई देशव्यापी बनाउन नाडाका सातवटा प्रदेशस्तरीय एसोसिएसनका अध्यक्षहरुलाई ट्राफिक ज्याकेटलगायत, जनचेतनामूलक स्टिकर र कोभिडविरुद्धको मास्क समेत हस्तान्तरण गरेको नाडाले जनाएकोे छ ।

नाडाका अनुसार ती सामानहरु नाडाका प्रदेश एसोसिएसनहरुले सम्बन्धित ट्राफिक कार्यालयहरुमार्फत वितरण गर्नेछन् । नाडाले गत भदौ २५ गते त्रिपुरेश्वर चोकमा महानगरीय ट्राफिक प्रहरी महाशाखाको सहयोग र सहभागितामा त्यस्ता सामानहरु वितरण गरेको थियो । 


क्याटेगोरी : कर्पोरेट

तपाईको प्रतिक्रिया