Techie IT
×
गृहपृष्ठकर्पोरेटएचएमडी ग्लोबल काठमाडौं किंग्स ११ को साझेदार

एचएमडी ग्लोबल काठमाडौं किंग्स ११ को साझेदार


काठमाडौं । एचएमडी ग्लोबल होम अफ नोकिया फोन्सले नेपालको घरेलु टी–२० प्रतियोगिता एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा काठमाडौं किंग्स इलेवन (केकेएक्सआई)को आधिकारिक स्मार्टफोन साझेदार बनेको छ ।

यो प्रतियोगिताको चौथो संस्करण गत वर्ष हुने तय भएको थियो तर कोभिड १९ को महामारीका कारणले शनिबारदेखि सुरु भएको छ । उक्त खेल असोज २३ सम्म हुने भएको छ । फिनल्यान्डमा डिजाइन गरिएको नोकिया ब्रान्डको इजाजतपत्र प्राप्तकर्ता एचएमडी ग्लोबलले उपभोक्ताहरुलाई एक साथ ल्याउने र देशमा आफ्नो ब्रान्डको निर्माणको लागि मार्केटिङ पहलको लागि केकेएक्सआईलाई लाभान्वित गर्ने योजना बनाएको छ ।

प्रतियोगितामा भैरहवा ग्लाडिएटर्स, विराटनगर वारियर्स, चितवन टाइगर्स, काठमाडौं किंग्स ११, ललितपुर प्याट्रियट्स र पोखरा राइनोज गरी छवटा टोली सहभागी छन् । 


क्याटेगोरी : कर्पोरेट

तपाईको प्रतिक्रिया