Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगदराज दशैं धमाका सुरु

दराज दशैं धमाका सुरु


काठमाडौं । अनलाइन बजार, दराजले आफ्नो वार्षिक उत्सव अभियान ‘दराज दशैँ धमाका’ सुरु भएको घोषणा गरेको छ । यो अभियान आइतबारदेखि सुरु भएको हो । यस अभियानमा ग्राहकहरुले १० लाखभन्दा बढी उत्पादनहरुमा मज्जाको छुट पाउने कम्पनीले जनाएको छ । अभियानको मुख्य आकर्षणहरु भने निःशुल्क शिपिङ, अनलाइन प्रि–पेमेन्टमा २० प्रतिशतसम्मको छुट, पाँच हजारसम्मको मेगा भाउचर, ५० हजार रुपैयाँ मूल्यको उत्पादन एक रुपैयाँमा जित्ने मौका र बम्पर उपहारको रूपमा टीभीएस एनटर्क १२५ स्कुटर रहेको छ ।

त्यसैगरी, दराजको नयाँ लाइभ स्ट्रिमिङ सुविधाले ग्राहकहरुलाई अभियानको अवधिमा हरेक दिन भाउचर जित्ने मौका पनि प्रदान गर्ने कम्पनीको दाबी छ । अभियानको अन्य हाइलाइटहरु भने रश आवर, इमेज रिभ्यु एण्ड विन, नयाँ प्रयोगकर्ताको लागि भाउचर, खेल क्षेत्रहरु, फलो एण्ड विन, बिक्रेता भाउचर र फटाफट डिल रहेका छन्। अभियानको थप विवरण तल उल्लेख गरिएको छ ।

कार्ड प्रिपेमेन्ट छुटमा ग्राहकहरुले डेबिट कार्डको माध्यमबाट २० प्रतिशत (अधिकतम दुई हजार) छुट र क्रेडिट कार्डको माध्यमबाट २० प्रतिशत (अधिकतम दुई हजार पाँच सय रुपैयाँ) सम्म बचत गर्न सक्षम हुनेछन् । विशेष गरी नबिल बैंक, एनआईसी एसिया बैंक, सानिमा बैंक, ग्लोबल आईएमई बैंक, एनएमबी बैंक, माछापुच्छ्रे बैंक, बैंक अफ काठमाडौँ र सिटिजन्स बैंकका ग्राहकहरुले उक्त पूर्वभुक्तानीमा छुट प्राप्त गर्न सक्नेछन् । यसबाहेक, ग्राहकहरु एनआईसी एसिया बैंक, सनराइज बैंक, सिटिजन्स बैंक र माछापुच्छ्रे बैंकका क्रेडिट कार्डको माध्यमबाट शून्य प्रतिशत ब्याजमा सजिलो मासिक किस्ता योजनाको मजा लिन सक्नेछन् । साथै, आईएमई पे वा इ–सेवामार्फत भुक्तानी गर्ने ग्राहकहरुले १० प्रतिशत (अधिकतम एक हजार रुपैयाँ) सम्मको अतिरिक्त छुट पाउन सक्नेछन् ।

यस्तै दराज दशैँ धमाकामा लोकप्रिय खेल एक रुपैयाँको माध्यमबाट ग्राहकहरुले एक रुपैयाँमा दुई रात तीन दिन पोखराको राउन्ड ट्रिप, रियलमी सी २१ वाई , मन्त्रमुक्ति अकुस्टिक गितार, यसुदा अल्कलाइन वाटर प्युरिफायर र श्री बालाजी हिराको झुम्कामध्ये एक जित्न सक्नेछन् । एक ग्राहकले मात्र एक पुरस्कारको लागि खेल्न सक्नेछ । भाग लिन ग्राहकहरु अनलाइन प्रिपेमेन्टको माध्यमबाट एक रुपैयाँ प्रिपे गर्नुपर्नेछ ।

यसैगरी दशैँ धमाकामा सामसङदेखि एप्पल फोनहरुमा विशेष छुटहरु रहेका छ भने रियलमी सी २१ वाईको विशेष प्रक्षेपण हुने दराजले जनाएको छ । ग्राहकहरुले आइतबारबाट विशेष गरी दराजमा रियलमी सी २१ वाईको प्रिबुक गर्न सक्नेछन् । साथै दराज दशैं धमाकाको ग्राहकहरुले आधिकारिक ब्रान्डहरुमा थुप्रै छुट पाउन सक्नेछन् । यस्तै ग्राहकहरुले दराज जेम्सको माध्यमबाट भाउचरहरु पनि सजिलै प्राप्त गर्न सक्नेछन् ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डहरुमा विशेष छुट : दशैँ धमाकामा एमआई, फिलिप्स, आमर्या, रोह्तो, कन्भर्स, लोट्टो, वाइल्डहर्न, एर्के, सीजी डिजिटल, पानासोनिक, न्यु ब्यालेन्स, बियर्डो, मीमी, मसला बिड्स, मामाअर्थ, फ्यानटेक, सामसङ, र रियलमी जस्ता पार्टनर ब्रान्डहरुले ७० प्रतिशतसम्मको छुट प्रस्ताव गरिरहेको दराजले जनाएको छ । साथै ग्राहकहरुले दराजको ग्लोबल कलेक्सनमार्फत भारतको केही उत्कृष्ट ब्रान्ड–उस्त्र, इनविभ, आयिषा, जनास्याहरुको उत्पादन खरिद गरी ७० प्रतिशतसम्मको छुट पाउन सक्नेछन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया