Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसामसङ ग्यालेक्सीमा एनआईसी एसिया बैंकसँगको सहकार्यमा छुट अफर

सामसङ ग्यालेक्सीमा एनआईसी एसिया बैंकसँगको सहकार्यमा छुट अफर


काठमाडौं, माघ १४
सामसुङले सामसङ ग्यालेक्सी एस१०/एस१० प्लस तथा सामसङ ग्यालेक्सी नोट१०/नोट१० प्लसमा विशेष छुटको अफर ल्याएको छ । कम्पनीले एस१०/एस१० प्लस तथा सामसङ ग्यालेक्सी नोट१०/नोट१० प्लस एनआईसी एसिया बैंकको डेविट कार्ड/क्रेडिट कार्ड/ क्यूआर बाट खरिद गर्दा १ प्रतिशत वा अधिकतम तीन हजार रुपैयाँसम्म छुट प्रदान गर्ने सम्झौता भएको छ । यो अफर एनआईसी एसिया कार्ड मेसिन भएका सामसङका सम्पूर्ण आउटलेटहरुमा फेब्रुअरी २८ सम्म उपलब्ध हुने कम्पनीले जनाएको छ ।

सामसङले बैंकको सेवा लिइरहेका आफ्ना ग्राहकहरुलाई यस अफरले अझ सहज र सुविधाजनक हुनेछ भन्ने उद्देश्य राखेको छ । सामसङ ग्यालेक्सी एस१०/एस१० प्लस तथा सामसङ ग्यालेक्सी नोट१०/नोट१० प्लस विशेषतः आफनो काम र जीवन बीच सहज सन्तुलन राख्ने र सदैव आफ्नो सृजनशीलतालाई उजागर राख्ने पुस्तालाई केन्द्रित गरी तयार गरिएको हो । यी स्मार्टफोनहरु ग्राहकको बढी भन्दा बढी चाहना पूरा गर्ने उद्देश्यले डिजाइन गरिएको हो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया