Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगवृज सिमेन्टको सिभिल इन्जिनियरिङ प्रदर्शनी

वृज सिमेन्टको सिभिल इन्जिनियरिङ प्रदर्शनी


काठमाडौं, माघ १४
‘राष्ट्रका लागि परिवर्तन र परिवर्तन लागि इन्जिनियरिङ्ग’ भन्ने नाराका साथसुरु भएको तीन दिने एघारौं राष्ट्रिय सिभिल इन्जिनियरिङ्ग प्रदर्शनी तथा प्रतियोगिता सम्पन्न भएको छ । शुक्रबारदेखि सुरु भएको प्रदर्शनी आइतबार सकिएको हो । प्रतियोगितामा फोटोग्राफी, क्विज, , ट्रेजर हण्ट, पेपर ब्रिज कम्पिटिसन, पेपर प्रिजेन्टेसन, मिक्स डिजाइन कम्पिटिसन, सर्भेइङ्ग च्यालेन्ज, मोडल कम्पिटिसन, ओलमपियाड गरी ९ विधामा विद्यार्थीहरुबीच प्रतिस्पर्धा भएको थियो ।

उक्त प्रर्दशनीमा नेपाल इन्जिनियर्स एसोसिएसनका सदस्यलगायत प्राध्यापक, इन्जिनियर र विद्यार्थीको उल्लेख्य सहभागिता थियो । प्रदर्शनी समापन अवसरमा प्रतियोगिताका विजेता र उपविजेतालाई वृज सिमेन्टका सेल्स म्यानेजर सुरेश जयसवालले वृज सिमेन्ट ट्रफी प्रदान गरेका थिए । उक्त कार्यक्रम नेपाल इन्जिनियरिङ्ग क्याम्पस पुल्चोकको प्राङ्गणमा आयोजना गरिएको थियो । कार्यक्रम सिभिल इन्जिनियर विधार्थी समाज नेपाल, सिभिल इन्जिनियरिङ्ग केन्द्रिय क्याम्पस पुल्चोकको आयोजनामा ३ दिनसम्म चलेको थियो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया