Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगदशैँ र तिहार व्यापार मेला २०२१ प्रदर्शनी सुरु

दशैँ र तिहार व्यापार मेला २०२१ प्रदर्शनी सुरु


काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल महिला चेम्बरद्वारा नेपालमा उत्पादन भएका अर्गानिक कृषि उत्पादनलगायत अन्य उपभोग्य वस्तुहरु प्रवर्द्धनको लागि दशैँ, तिहार व्यापार मेला २०२१ को आयोजना हुने भएको छ । बुधबार बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सिटी सेन्टर, कमलपोखरी, काठमाडौं मा आयोजना हुने उक्त कार्यक्रमको उद्घाटन नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लबाट हुने भएको छ ।

नेपाली महिला उद्यमीहरुको प्रवर्द्धनका लागि गठन भएको नेपाल महिला चेम्बरले आयोजना गरेको उतm मेलाबाट नेपालमा उत्पादन भएका कृषि योग्य अर्गानिक तथा अन्य उपभोग्य वस्तुहरुको प्रवर्द्धनमा महत्वपूर्ण योगदान दिने विश्वास लिइएको छ ।

नेपाल चेम्बर अफ कमर्सअन्तर्गत रही नेपाल महिला चेम्बरले देशको महिलाहरुको हकहितको संरक्षण गरी महिला उद्यमशीलता विकासको लागि नेपाल महिला चेम्बर गठन भएको र विगतमा महिला चेम्बरबाट विभिन्न प्रवर्द्धनात्मक कार्य हुँदै आइरहेको छ । यस मेलामा सहभागी हुन नेपाल महिला चेम्बरले आह्वान गरेको छ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया