Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगओप्पोद्वारा रेनोभेटर्स इमर्जिङ आर्टिस्ट्स प्रोजेक्टका उत्कृष्ट १० कलाकृति घोषणा

ओप्पोद्वारा रेनोभेटर्स इमर्जिङ आर्टिस्ट्स प्रोजेक्टका उत्कृष्ट १० कलाकृति घोषणा


काठमाडौं । ओप्पोले ओप्पो रेनोभेटर्स २०२१ इमर्जिङ आर्टिस्ट प्रोजेक्टका १० विजेताहरुको घोषणा गरेको छ । तिनको छनोट सहभागी तीन हजार तीन सय ४५ कलाकृतिमध्ये गरिएको हो । ओप्पोले छनोटमा परेका उत्कृष्ट कलाकृतिहरु लन्डन डिजाइन फेस्टिवललाई हस्तान्तरण गरेको छ । ती कलाकृतिहरुमार्फत नवोदित कलाकारका सिर्जनशील प्रतिभा प्रदर्शित गर्नुका साथै तिनको रचनात्मक महत्वाकांक्षाहरुलाई गति प्रदान गर्नु ओप्पोको उद्देश्य हो ।

रचनात्मक युवाहरुका आँखामार्फत भविष्यको अन्वेषण
यस वर्ष रेनोभेटर्स कार्यक्रममा कलाकारहरुलाई प्रकाशको विषयवस्तु वरपर रही कलाकृति तथा रचनात्मक अवधारणाहरु विकसित गर्ने जिम्मेवारी दिइएको थियो । तीमध्ये तिनले आर्ट टेक र आर्ट टोय गरी दुई प्रतियोगिताका कोटाहरुमा आफ्नो सहभागिता जनाउने अवसर प्रदान गरिएको थियो । केही महिनाका लागि सञ्चालित ओप्पो रेनोभेटर्स २०२१मा विश्वभरका ४० देश तथा क्षेत्रबाट उदीयमान कलाकारहरुले तीन हजार तीन सय ४५ व्यक्तिगत प्रविष्टिहरुमार्फत आफ्ना कलाकृति पेश गरेका थिए । कलाकृतिहरुको नवीनता, कलात्मकता, व्यावहारिकता तथा अभिव्यक्तिको स्तरका आधारमा मूल्यांकनपश्चात् समग्र कलाकृतिमध्ये उत्कृष्ट १०को चयन गरिएको हो ।

पछिल्ला केही महिनामा डिजिटल मिडिया, अन्तर्क्रियात्मक अनुभव, स्टेज इन्स्टलेसन, वेयरेवल डिभाइसेज, जैविक तथा भौतिक डिजाइनलगायत माध्यमका प्रयोगद्वारा प्रविधि, मानवता, पर्यावरण संरक्षण, जीवविज्ञान, इतिहास, सामाजिक अन्तत्र्रिmया र वर्तमान प्रवृत्तिलगायत विषयअन्तर्गत ओप्पो रेनोभेटर्स २०२१का लागि विश्वभरबाट हजारौँ कलाकृतिहरु पेश गरिएका थिए । पेश गरिएका कलाकृतिमार्फत उदीयमान कलाकारहरुले मानव, प्रविधि र प्रकृतिसँग तिनको सम्बन्ध र कसरी तिनका माध्यमबाट सबैका लागि सुन्दर भविष्यको निर्माण गर्न सकिन्छ भन्ने कुरा प्रदर्शित गरिएका छन् ।

हेन्ग्यु झाओ र चोंगशो यिनको आर्ट टेक क्याटेगरीअन्तर्गत पेश गरिएको ‘प्वाइन्ट टू प्लानेट : पर्सिभिङ नेचर विथ लाइट’मार्फत यी दुई कलाकारले साधारणतया हामीले बेवास्ता गर्ने अदृश्य तथा चुपचाप हुने प्रक्रियालाई कसरी बुझ्न सकिन्छ भनी अन्वेषण गरेका छन् । सिनी झाओद्वारा आर्ट टोय क्याटेगरीअन्तर्गत पेश गरेको ‘ड्रिमक्याचर–ओ’ले सपना देख्ने हरेक व्यक्तिलाई विश्वकै लागि चहकिलो प्रकाशका रुपमा हेर्दै तिनका साथमा सहकार्य गर्दै तिनका सपनाको संरक्षण गर्न उद्देश्य बोकेको छ ।

ओप्पो रेनोभेटर्स इमर्जिङ आर्टिस्ट्स प्रोजेक्ट २०२१मा विजेताका रुपमा छनोट भएका कलाकार तथा तिनका कलाकृतिहरु यस प्रकार रहेका छन् :
‘प्वाइन्ट टु प्लानेट : पर्सिभिङ नेचर विथ लाइट’ – हेन्ग्यु झाओ र चोंगशो यिन,

२०२१ आर्टिस्टिक क्रिएटिभिटी अवार्ड
‘ड्रिमक्याचर–ओ’ – सिनी झाओ, २०२१ डिजाइन फ्यूचर अवार्ड :
‘टाइम ट्राभलर—पंक सुपरम्यान–ओ’ – रुओफ्यान संग, २०२१ ब्राण्ड एप्लिकेसन अवार्ड :
‘अटोजिन’ – पिटर विलियम होल्डेन, २०२१ क्रिएटिभ एक्सिलेन्सी अवार्ड :
‘ग्लोबल यूथ आन्ट्रप्रेनुअरशिप प्रोग्राम’–लुयांग व्यांग, २०२१ ब्राण्ड एप्लिकेसन अवार्ड
‘एआई ईन्टेलिजेन्ट स्पेस’ जियानवेन ली, २०२१ क्रिएटिभ एक्सिलेनसी अवार्ड; गेनजुआन ट्यान, २०२१ क्रिएटिभ एक्सिलेन्सी अवार्ड;
‘अटोनोमी अफ प्लान्ट्स’ – लियांग सियाओ, २०२१ क्रिएटिभ एक्सिलेन्सी अवार्ड
‘एआर ग्राफिटी’ – डब्ल्यूईआरसी , २०२१ क्रिएटिभ एक्सिलेन्सी अवार्ड;
‘प्रोजेक्ट : कभर अप’– रोंलिंग ट्यांग, २०२१ क्रिएटिभ एक्सिलेन्सी अवार्ड ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया