Techie IT
×
गृहपृष्ठकर्पोरेटवृज सिमेन्टद्वारा भवन निर्माणको लागि सहयोग प्रदान

वृज सिमेन्टद्वारा भवन निर्माणको लागि सहयोग प्रदान


काठमाडौँ । पुष्पतारा केडिया सेवा फाउन्डेसन तथा वृज सिमेन्ट इ. प्रालिले नेपाल पत्रकार महासंघ चितवन शाखाको भवन निर्माणको लागि सिमेन्ट सहयोग प्रदान गरेको छ ।

वृज सिमेन्ट इण्डष्ट्रिज प्रालिका चितवन एरियाका सेल्स म्यानेजर लक्ष्मी प्रसाद गुप्ता, वृज सिमेन्ट चितवनका आधिकारिक बिक्रेता उत्सव इन्टरप्राइजेजका प्रोपाइटर शिरिष पन्त र नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष नारायण अधिकारी, नेपाल पत्रकार महासंघ चितवन शाखाका उपाध्यक्ष तथा भवन निर्माण समितिका संयोजक प्रकाशमणि ज्ञवाली बीच सहयोग गर्ने सहमति भएको हो । पत्रकारहरुको हकहितका लागि स्थापना भएको महासंघलाई वृज सिमेन्टले प्रदान गरेको सहयोग अतुलनीय रहेको महासंघ चितवनका उपाध्यक्ष तथा भवन निर्माण समितिका संयोजक प्रकाशमणि ज्ञवालीले बताए ।

पुष्पतारा केडिया सेवा फाउन्डेसनले विभिन्न सामाजिक संघ/संस्थालगायत विभिन्न क्षेत्रहरुमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न परियोजनाहरुलाई सहायता प्रदान गर्दै आइरहेको छ । आगामी दिनमा समेत महासंघ चितवन शाखाले पुष्पतारा केडिया सेवा फाउन्डेसन तथा वृज सिमेन्टसँग सहकार्य गर्दै अगाडि बढ्ने महासंघका अध्यक्ष नारायण अधिकारीले बताए ।


क्याटेगोरी : कर्पोरेट

तपाईको प्रतिक्रिया