Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगकोका–कोलाको नयाँ दशैँ अभियान ‘धन्यवाद’

कोका–कोलाको नयाँ दशैँ अभियान ‘धन्यवाद’


काठमाडौँ । कोको–कोलाले कोभिड महामारीमा खटिएकालाई एउटा कोकको बोटलमार्फत धन्यवाद प्रकट गर्न चाहेको छ। कोका–कोलाले महामारीमा सहयात्री बनेका हरेक व्यक्तिलाई धन्यवाद प्रकट गर्न आठवटा नयाँ लेबल प्रस्तुत गरेको छ जसमा आमा, बुबा, दाइ, भाइ, दिदी, बहिनी, साथी, र सेवाकर्मीहरु रहेका समेत बताएको छ  ।

नियमित कोकका लेबलहरुलाई यस दशैँको पावन अवसरमा धन्यवाद लेखिएको लेबलले टाँसिएको छ जसलाई हामीले हाम्रो जीवनमा फरक पारेको समपर्णको रुपमा लिने समेत कोकाले बताएको छ । कोकोको नेपालका लागि आधिकारिक बिक्रेता बोटलर्स नेपाल लिमिटेडले महामारीमा खटिनेलाई ‘कृतज्ञता’ प्रदान गर्न दशैँको अवसरमा धन्यवाद अभियान सञ्चालन गरिने बताएको छ ।

अभियानबारे बोल्दै कोकाका नेपाल निर्देशक आदर्श अवस्थीले कोका–कोलाले यसपालिको दशैँ चाड उपभोक्ताहरुलाई महामारीको समयमा उनीहरुलाई प्रोत्साहित र प्रेरित गरेका परिवारको सदस्यहरु र साथीहरुप्रति हार्दिक आभार व्यक्त गर्दै मनाउन प्रेरित गर्ने बताए । यसका साथै अग्रपंक्तिमा कार्यरत रहेका श्रमिकहरुलाई सलाम गरेर कम्पनीलाई अघि बढ्न मद्दत गर्ने र बितेको वर्षको दौरानमा हाम्रो जीवनमा कुनै पनि बाधा आउन नदिन आशा दिने सम्पूर्ण सहयात्रीलाई कृतज्ञता प्रदान गर्दै यसपालिको दशैँलाई रमाएर मनाउने समेत उनले बताए ।

यस्तै बोटलर्स नेपाल लिमिटेडका प्रबन्धनिर्देशक प्रदिप पाण्डेले भने, ‘हामी खुसी छौँ कि हामीले यस पर्वको मौसममा हाम्रा नयाँ कोक बोतलहरुको माध्यमबाट हाम्रा फ्रन्टलाइन नायकहरु, परिवार र साथीहरुप्रति सम्पूर्ण देशको कृतज्ञता व्यक्त गर्न सक्षम भएका छौँ । हामी आशा गर्दछौँ कि लेभलमा रहेको सन्देशले हाम्रा उपभोक्ताहरुलाई उनीहरुको त्यस कठिन पलमा सहयात्री बनेका सबै व्यक्तिहरुप्रति आभार प्रकट गर्न र यो दशैँलाई अझ यादगार बनाउन प्रोत्साहित गर्ने उनले बताए ।

सन् २०२० को सुरुमा महामारी फैलिएको बेलादेखि नै नेपालले चुनौतीपूर्ण समयको अनुभव गरेको थियो । ती कठिन पलहरुमा साथीहरु, परिवार र फ्रन्टलाइन कामदारहरु आशा र समर्थन प्रदान गर्ने सहयात्रीको रुपमा थिए । त्यसैले कोकाले यसपालिको दशैँ अभियान धन्यवाद शब्दलाई केन्द्रित गरी प्रस्तुत गरेको बताएको छ । यसको मुख्य आशय भनेको त्यस कठिन समयमा हाम्रा लागि साथीको रुपमा सथै सहयात्री रहेका व्यक्तिहरुलाई एउटा कोकको बोटलमार्फत धन्यवाद प्रकट गर्नु हो ।

विगत पाँच वर्षदेखि कोका–कोलाले ग्लोबल सेयर ए कोक अभियानअन्तर्गत इनोभेटिभ विषयवस्तुहरु प्रस्तुत गर्दै आएको छ जसलाई मन खोलौं कोकसँगको रुपमा स्थानीयकरण गरिएको थियो । यो अभियान सम्बन्धहरुलाई नजिक ल्याउनमा केन्द्रित रहेको थियो । यस वर्ष भने कोकले व्यक्तिगत रुपमा कृतज्ञता प्रकट गर्न एक कदमअगाडि बढाएको बोटलर्स नेपालको भनाइ छ ।

यो नयाँ अभियानको सुरुवात औपचारिक कार्यक्रममार्फत गरिएको बताउँदै बोटलर्स नेपालले जहाँ लोकप्रिय अभिनेत्री स्वस्तिमा खड्कालाई कोका–कोलाको नयाँ ब्रान्ड एम्बेसडरको रूपमा घोषणा गरिएको बताएको छ । त्यही बेला नयाँ कोकको दशैँ टीभीसी पनि चित्रण गरिएको थियो । यो नयाँ टीभीसीमा गायक सुशान्त केसीको धन्यवाद शीर्षकको एउटा हृदयस्पर्शी गीत समेत रहेको थियो । बोटलर्स नेपालका अनुसार सो इभेन्टमा कोका–कोलाले कोभिडविरुद्ध समाजको लागि सुरक्षा प्रदान गरेका र लडेका विभिन्न क्षेत्रहरुका आठ जना अग्रपंक्ति नायकहरुलाई कृतज्ञता प्रकट गरी सम्मान गरेको थियो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया