Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगट्राफिक प्रहरीलाई विद्युतीय स्कुटर हस्तान्तरण

ट्राफिक प्रहरीलाई विद्युतीय स्कुटर हस्तान्तरण


काठमाडौँ । वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत एक कार्यक्रमबीच ट्राफिक प्रहरीलाई एउटा विद्यतीय स्कुटर प्रदान गरेको छ । वर्ल्डलिंकका कार्यकारी निर्देशक मनोज अग्रवालले विद्युतीय स्कुटर महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईलाई हस्तान्तरण गरेका हुन् ।

एसएसपी भट्टराईले  वर्ल्डलिंकलाई धन्यवाद दिँदै प्राप्त स्कुटरलाई सार्वजनिक सवारीसाधनहरूमा छुट्याइएको आरक्षण सिट, सवारी भाडा, स्वास्थ्य मापदण्ड कार्यान्वयनको अनुगमन तथा ट्राफिक व्यवस्थापन गर्न दुई जना महिला ट्राफिक प्रहरी परिचालन गरिने बताए । स्कुटरलाई भरपूर उपयोग गरी ट्राफिक प्रहरीको काम कारबाहीमा प्रयोग गरिने छ, यसले थप प्रभावकारी रुपमा काम गर्न सहयोग गर्ने र सडक व्यवस्थापन तथा अनुगमनमा सहजता प्रदान गर्ने विश्वास व्यक्त गरे ।

स्कुटरको चाबी हस्तान्तरण गर्दै  वर्ल्डलिंकका कार्यकारी निर्देशक अग्रवालले दैनिक सडक प्रयोगमा हुने समस्यालाई समाधान गर्न स्कुटरको प्रयोगबाट थप सहयोगी भूमिका खेल्ने र आगामी दिनहरुमा समेत ट्राफिक महाशाखासँग अझै सहकार्य गर्दै जाने बताए । उनले वातावरणमैत्री स्कुटरले ध्वनि प्रदूषण तथा वातावरण प्रदूषणमा समेत योगदान गर्ने बताए । उक्त कार्यक्रममा महाशाखाका उच्च प्रहरी अधिकृत तथावर्ल्डलिंकका पदाधिकारीहरूको समेत उपस्थिति थियो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया