Techie IT
×
गृहपृष्ठकर्पोरेटभायानेट बडादशैँमा ‘बडा स्पिड, बडा टिभी’ अफर

भायानेट बडादशैँमा ‘बडा स्पिड, बडा टिभी’ अफर


काठमाडौं । भायानेटले ‘भायानेट बडा दशैंमा बडा स्पीड, बडा टिभी’ नामक अफर सार्वजनिक गरेको छ । अफरअनुसार यो बडादशैँमा कम्पनीले आफ्ना ग्राहकहरुलाई उही मूल्यमा बढी स्पिड भएको इन्टरनेट र भायाटिभी प्याकेजहरुका साथ ३२ र ५५ इन्चको मी एन्ड्रोइड टिभीमा भारी छुट दिने भएको हो ।

यस अफरअन्तर्गत भायानेटको नयाँ तथा पुराना ग्राहकहरुले भायानेटको सुपर स्पिड इन्टरनेट र एक सय ७५ भन्दा बढी च्यानल भएको भायाटिभीको कम्बो प्याकेजको वार्षिक सदस्यतामा उही मूल्यमा अझ बढी स्पिड पाउन सक्नेछन् । साथ–साथै भायानेटले साओमीसँगको सहकार्यमा भायानेटको इन्टरनेट र भायाटिभी प्याकेजसँगै एमआई एन्ड्रोइड टिभी बण्डल गरेको छ ।

यस बण्डलको खरिदमा ग्राहकले ३२ र ५५ इन्चको एमआई एण्ड्रोइड टिभीमा २२ प्रतिशतसम्म छुट पाउन सक्नेछन् । चाडपर्वको अवसरमा घरको लागि प्रायः नयाँ सामान किन्ने चलन र इन्टरनेटको अझ बढी उपयोग गर्ने कुरालाई ध्यानमा राखेर भायानेटले यो अफर अहिले ल्याएको हो । 


क्याटेगोरी : कर्पोरेट

तपाईको प्रतिक्रिया