Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगटेलिकमले ज्येष्ठ नागरिकहरुलाई निःशुल्क सिम दिने

टेलिकमले ज्येष्ठ नागरिकहरुलाई निःशुल्क सिम दिने


काठमाडौं । नेपाल टेलिकमले अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा ज्येष्ठ नागरिकहरुलाई निःशुल्क सिम प्रदान गर्ने भएको छ । संयुक्त राष्ट्रसंघको आयोजनामा विश्वव्यापी रुपमा अक्टोबर १ मा मनाइने अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस यसपटक शुक्रबार अर्थात् असोज १५ गते परेको छ । सो अवसरमा टेलिकमले मुलुकभरका ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप निःशुल्क सिम प्रदान गर्ने भएको छ ।

सिम असोज १५ गतेदेखि २५ गतेसम्म ६० वर्षभन्दा माथिका नागरिकहरुलाई निःशुल्क रुपमा प्रदान गरिनेछ । यस सिममा १० रुपैयाँ ब्यालेन्स हुनुका साथै ४० मिनेट कुराकानी गर्ने, २० वटा सन्देश पठाउने र ६० एमबी डाटा प्रयोग गर्न सकिने सुविधा एक महिनासम्म उपलब्ध हुनेछ ।

नेपाल टेलिकमका देशभर रहेका कार्यालयका काउन्टरहरुबाट ज्येष्ठ नागरिकहरुले यो सुविधाको उपयोग गर्न सक्नेछन् । यसका लागि एकप्रति पासपोर्ट साइजको फोटो, परिचय र उमेर खुल्ने प्रमाणपत्र (जस्तै–नागरिकता प्रमाणपत्र, ज्येष्ठ नागरिकको परिचयपत्र)को प्रतिलिपि संलग्न गर्नुपर्नेछ ।

नेपाल टेलिकमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मुलुकभरका ज्येष्ठ नागरिकहरुलाई उपलब्ध गर्ने निःशुल्क सिमको सुविधाले ज्येष्ठ नागरिकहरुलाई दूरसञ्चार र सूचना प्रविधिको पहँुचमा ल्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया