Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसामसङको ग्यालेक्सी ए५२ एस फाइभजी नेपालमा सार्वजनिक

सामसङको ग्यालेक्सी ए५२ एस फाइभजी नेपालमा सार्वजनिक


काठमाडौं । सामसङले हालै नेपालमा ग्यालेक्सी ए५२ एस फाइभजी सार्वजनिक गरेको छ । कम्पनीले ए५२ को विरासतलाई आत्मसात् गर्दै थप सुविधाहरु समावेश गरी नयाँ स्मार्टफोन बजारमा प्रस्तुत गरेको हो ।

कम्पनीका अनुसार फोनमा भएको एस एमोलेड इन्फिनिटी डिस्प्लेको साथ १२० हर्ज रिफ्रेस रेटले उत्कृष्ट डिस्प्लेको जीवन्तता प्रदान गर्दछ । यस्तै ठूलो ६.५ इन्चको स्क्रिनले प्रयोगकर्तालाई दृश्यावलोकनको जीवन्त अनुभव प्रदान गर्दछ । त्यसैगरी यसमा स्क्रिन टिकाउको लागि गोरिल्ला ग्लास ५ को प्रयोग गरिएको छ । त्यसैगरी यसमा ४५०० मेगाहर्जको ब्याट्री पनि समावेश गरिएको छ । यसमा भएको शक्तिशाली ब्याट्रीले वास्तवमै एकपटक चार्ज गरेपछि दुई दिनसम्म चार्ज गर्न पर्दैन । यसमा भएको २५ वाटको फास्ट चार्जिङ्ग सुविधाले केवल ३० मिनेटमा फोनको ५० प्रतिशत ब्याट्री चार्ज हुने गर्दछ ।

साथै यसमा अप्टिकल इमेज स्टेबिलाइजेसनको साथ ६४ मेगापिक्सेलको क्यामरा छ, जसले हल्लिन गई फोटो धमिलो आउने समस्यालाई कम गर्दछ र उत्कृष्ट फोटो खिच्न सकिन्छ । ओआईएसको सुविधाले कम उज्यालोको अवस्थामा लामो सटर स्पिड कायम गरी उत्कृष्ट फोटो खिच्न सकिन्छ । यसको साथै यसमा १२ एमपी अल्ट्रा–वाइड क्यामेरा तथा पाँच एमपी माइक्रो क्यामेरा एवं पाँच एमपी डेफ्थ क्यामराहरु छन् । यसैगरी यस स्मार्टफोन साधारण भएर पनि आकर्षक फोनको रुपमा छ । यसको म्याट ब्ल्याक हेज फिनिसिङ्ग रहेको छ भने न्यूनतम क्यामरा हाउजिङ्गले रियर क्यामराको उत्कृष्टतालाई बढाइदिएको पनि छ । यो फोन विभिन्न आकर्षक तीन रंगहरु ब्ल्याक, मिन्ट तथा भ्वाइलेटमा उपलब्ध रहेको छ । यो फोनमा आईपी६७ पनि छ, जसले सामान्य धूलो एवं पानीबाट फोनलाई बचाउँछ ।

कम्पनीका अनुसार यसको मूल्य छ जीबी/१२८ जीबी भेरिएन्टको लागि ५३ हजार नौ सय ९९ रुपैयाँ र आठ जीबी/१२८ जीबी भेरियन्टको मूल्य ५५ हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ । यो फोन नेपालभर रहेका सामसङका ब्राण्ड स्टोर तथा रिटेल स्टोरहरुबाट खरिद गर्न सकिनेछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया