Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगजगदम्बाले ‘एनटर्कियन राइड’को आयोजना गर्ने

जगदम्बाले ‘एनटर्कियन राइड’को आयोजना गर्ने


काठमाडौं । टीभीएस मोटर कम्पनीको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्राइभेट लिमिटेडले आफ्नो एनटर्क परिवारमा ५० हजार सदस्यहरु पुगेको माइलस्टोनलाई मनाउनको लागि सबै एनटर्कियनको निम्ति एक सेलिब्रेसन राइडको आयोजन गरेको छ ।

यो राइड शनिबार नक्सालको टीभीएस शोरुमदेखि धुलिखेलको मिराबेल रिसर्ट होटलसम्म हुनेछ । भेन्युमा पुगेलगत्तै लाइभ म्युजिक, मनोरञ्जक खेलहरु र सहभागीहरुसँग एक अन्तर्क्रियात्मक सत्रको पनि आयोजना गरिएको छ । यो सेलिब्रेसनको मुख्य उद्देश्य भनेको सबै एनटर्कियनहरुलाई एकै ठाउँमा ल्याउने र एक एनटर्कियन क्लबको गठन गर्नु हो । यसले सबै राइडरहरुलाई एक अर्कासँग जोड्न र आफ्नो एनटर्कियन अनुभव एक अर्कासँग बाडँ्न मद्दत गर्दछ । लाइसेन्स भएका सबै एनटर्कियनहरुले जगदम्बा मोटर्स टीभीएसको आधिकारिक फेसबुक पेजको माध्यमबाट अनलाइन दर्ता गरेर यस सेलिब्रेसन राइडमा भाग लिन सक्नेछन् । यो राइड सबै सुरक्षा प्रोटोकलहरुलाई अपनाएर आयोजना गरिँदै छ ।

सन् २०१८ मा टीभीएस एनटर्क १२५ नेपालमा पहिलो ब्लुटुथ जडान गरिएको स्कुटरको रुपमा सुरु गरिएको थियो र त्यहाँदेखि यसले सधैँ आफ्नो स्थान सुनिश्चित राखेको छ । हेर्दा राम्रो र नयाँ टेक्नोलोजीले गर्दा यो छोटो समयमा सबैभन्दा बढी बिक्रि हुने स्कुटर बन्नपुगेको छ । अहिले यो यसको इन्डस्ट्री फस्र्ट टेक्नोलोजी, बेजोड शैली र उच्च प्रविधिले गर्दा बजारमा उत्कृष्ट प्रदर्शनको पर्यायवाची भएको छ । टीभीएसका पाँच प्रकारहरु रहेका छन् जसमा एनटर्क ड्रम, एनटर्क डिस्क, एनटर्क रेस एडिसन, एनटर्क स्क्वाड एडिसन र एनटर्क आरटीएफआई पर्दछन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया