Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगमोरिस ग्यारेजले अल न्यू हेक्टर शाइन एसयूभीको बुकिङ खोल्दै

मोरिस ग्यारेजले अल न्यू हेक्टर शाइन एसयूभीको बुकिङ खोल्दै


काठमाडौं । एमजी मोटर्स नेपालको आधिकारिक वितरक प्यारामाउन्ट मोटर्स प्राइभेट लिमिटेडले हेक्टर शाइन भेरियन्टको बुकिङ औपचारिक रुपमा सुरू गरेको छ । भारतीय बजारमा लन्च भएपछि यसले सनसनी मच्चाएको थियो । अब हेक्टर नेपाली बजारमा यसको मूल्य खण्डमा भित्रिन तयार भएको छ । हेक्टर १.५ लिटर टर्बोचाज्र्ड इन्टरकुल इन्जिनको साथ आउँछ र यो दुवै एमटी र सीबीटी भेरियन्टमा उपलब्ध रहनेछ ।

यो विकसित एसयूभीअल–न्यूबोल्ड फ्रन्ट क्रोम ग्रिल, एलईडी हेडल्याम्प, स्टाइलिश आर १७ सिल्वर एलोइ, इलेक्ट्रिक सनरूफ, पुश बटन स्टार्ट, इलेक्ट्रिक पार्किङ ब्रेक र अन्य थुप्रै सुविधाहरुका साथ उपलब्ध हुनेछ, जसले यसको शैली र कार्यक्षमतालाई एक शक्तिशाली रूप दिनेछ । आराम र सुविधाको कुरा आउँदा, हेक्टर २०२१ सधैँ अग्र स्थानमा आउँछ । यो स्टनिङ २६.४ सेन्टिमिटरको एचडी टचस्क्रिन एभीएन प्रणालीको साथ आउँछ, जसले ग्राहकका आफ्नो हरेक यात्राको पललाई आरामदायी बनाउने पक्का गर्दछ ।

एमजी हेक्टर एक विकसित एसयूभी कार हो, जसले आफ्नो क्षेत्रमा नयाँ बेन्चमार्क स्थापित गरेको छ । यो गाडी २५+ सुरक्षाका सुविधाहरुका साथ इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम, ट्याक्सन कन्ट्रोल, हिलहोल्ड कन्ट्रोल, रियर वाइपर र वासर, रियर डिफोगर, फ्रन्ट फगल्याम्प र गति चेतावनी एलर्टसहित उपलब्ध छ । यो गाडी हभाना ग्रे, क्यान्डी ह्वाइट, स्टारी ब्ल्याक र अरोरा सिल्वरजस्ता विभिन्न सेड्सहरुमा उपलब्ध हुनेछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया