Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगदरबारमार्गमा ‘हार्ड रक क्याफे’ खुल्दै

दरबारमार्गमा ‘हार्ड रक क्याफे’ खुल्दै


काठमाडौं । काठमाडौंको दरबारमार्गमा ‘हार्ड रक क्याफे’ खुल्ने भएको छ। नेपालको पहिलो ‘हार्ड रक क्याफे’ दरबामार्गस्थित शेर्पा मलमा खुल्नलागेको हो ।

सांगीतिक क्षेत्रका केही प्रख्यात कलाकारहरुको निजी वस्त्र तथा सांगीतिक उपकरणहरुको संग्रह साथै क्याफेले अमेरिकाको प्रसिद्ध मेनु, कक्टेल्सका साथमा आफ्नो नयाँ सहरप्रति प्रस्तुति पनि पेश गर्ने बताएको छ । भव्य मलको पहिलो र माथिल्लो तल्लामा सञ्चालनमा आउने यस रेष्टुरेन्टले भित्री भागका साथसाथै ग्राहकहरुका लागि बाहिरी छत पनि समेटेको छ । जहाँ बसेर दरबारमार्गको सुन्दर दृश्य अवलोकन गर्दै स्वादिष्ट परिकारहरुको आनन्द लिन सकिने सञ्चालक ‘हार्ड रक इन्टरनेशनल’ले जनाएको छ ।

रेष्टुरेन्टको क्याफेको मेनुको सबैभन्दा मुख्य आकर्षण बर्गर रहने बताइएको छ । यी बर्गरहरुमा चेद्दार चीजसँग मिसाइएको राँगाको मासुसहित, क्रिस्पी अनियन रिङ, लेटस पत्ता र भाइन–रिपेण्ड टमाटर भएको प्रख्यात बर्गर समेत उपलब्ध हुने छ। जसलाई ‘हार्ड रक’को मौलिक पहिचान बनेको ‘स्टेक’ ससका साथ उपलब्ध गराइनेछ ।

यसैगरी मेनुमा ग्रिल्ड, ताजा, इच्छाइएको चिकन वा पोलेको मकैको साथमा क्यालिफोर्निया स्टाइलको क्लब–चिकेन, कालो सिमी र आयातित चेद्दार चीजको साथमा सलाद रहनेछ । साथै स्यान्डविच, पोलेको मासु तथा भुटेको तारेका कुखुराको मासु समेत पाइनेछ । मेनुमा संलग्न परिकारहरुमध्ये एक आकर्षण बंगुरको परिकार हुनेछ जुन खास गरेर डेनमार्कबाट झिकाइने बताइएको छ ।

त्यस्तै क्याफेमा सन् १९४० को हर्रिकेन–ह्वाइट रमको नयाँ ओर्लन्स क्लासिक मिश्रण, सुन्तला, आँप, भुइँकटहरको जुस तथा चक्काको ब्लेण्ड जसलाई फ्लोट डार्क रम र अमारेट्टोका साथ तयार पारिएको हुन्छ, त्यो लगायत बुजी मिल्कसेकहरु र मौलिक कक्टेलहरुसहितका उत्कृष्ट बियर र वाइनहरुको समेत पाइनेछ । क्याफेमा हाल एक सय जना कामदारहरु रहनेछन् ।

क्याफेलाई आवश्यक धेरैजसो खाद्य वस्तुहरु साना, स्थानीय उत्पादकहरुमार्फत आपूर्ति गरिने सञ्चालकहरुको भनाइ छ । आर्थिक अवस्था खस्किरहेको वर्तमान समयमा क्याफेले स्थानीय समुदायमा ठूलो धनराशी लगानी गर्नलागेको हो ।

सन् २०२१ भित्रमा नै क्याफे काठमाडौं सञ्चालनमा ल्याउनु हाम्रा साझेदारहरुका लागि ठूलो चुनौती भएको छ र हामी अन्ततः यो सुन्दर, मनोरम नगरी काठमाडौंमा यसप्रकारको प्रख्यात क्याफे सञ्चालन गरिएको घोषणा गर्न पाउँदा गौरवको महसुस गरेका हार्ड रक इन्टरनेशनलका फ्रेन्चाइज अपरेसन्सका उपाध्यक्ष एनिबल फर्नान्डेजले बताए ।

हामी काठमाडौं नेपालका हाम्रा प्रशंसकहरुलाई ‘सुरक्षित र शान्त वातावरण’मा स्वागत गर्न आतुर रहेको सञ्चालकहरुको भनाइ छ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया