Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगलस्कर फुड्सबाट मगाउँदा ५० प्रतिशतसम्म छुट

लस्कर फुड्सबाट मगाउँदा ५० प्रतिशतसम्म छुट


काठमाडौं । अनलाइन फुड डेलिभरी प्लेटफर्म लस्कर फुड्सले खाना खाजा मगाउँदा ५० प्रतिशत सम्म छुट दिने भएको छ । लस्कर फुड्स अनलाइनबाटै खानेकुरा अर्डर गर्न सकिने प्लेटफर्म हो । ग्राहकले चाहेको खानेकुरा सजिलैसँग घरघर/कार्यालयमा पु-याउने लक्ष्य लस्कर फुड्सले लिएको छ ।

लस्कर फुड्सले हाइजेनिक किचेनको अवधारणालाई अघि सारेर फुड डेलिभरी गर्न लागेको हो । चाडबाड विशेष अफरमा लस्कर फुड्सले ५० प्रतिशत छुट दिन लागेको हो । सोमबारदेखि ल्याइएको छुट आगामी असोज २५ गतेसम्म चल्ने लस्कर फुड्सका प्रमुख कार्यकारी अधिकृत सुमन वस्ती बताउँछन् । लस्कर फुडसले आफ्नो किचेन बन्द गर्दा हुन्छ लस्कर फुड्सबाट मगाउँदा हुन्छ भन्ने मूल नारा लिई अघि बढेको वस्ती बताउँछन् । नेपालीको महान् चाडबाडलाई मध्यनजर गरी समयमा सस्तो मिठो हाइजेनिक खाजा खुवाउने लक्ष्य लस्कर फुड्सले लिएको कम्पनीका प्रमुख कार्यकरी अधिकृत सुमन वस्तीले बताए ।

लस्कर फुड्सले यस अफरसँगै अरु विभिन्न अफर समेत ल्याएको छ । गत हप्ता लस्कर फुड्सले अनलाइन फुड प्रतियोगिता समेतको आयोजना गरेको थियो । लस्कर फुड्सको प्रमुख आकर्षण नै गुणस्तरीय खानेकुरा अनलाइनमार्फत घरघर अफिसमै उपलब्ध गराउने लक्ष्य छ । तोकेको समयसीमाभित्रै अर्डर गरिएका खानेकुरा डेलिभरी गर्नु नै लस्कर फुड्सको प्रमुख उद्देश्य हो ।

काठमाडौं उपत्यकाबासी व्यस्त हुने र अनलाइन इ–कर्मस, फुड डेलिभरीप्रति आमनागरिकहरुको आकर्षण बढ्दै गएपछि लस्कर फुड्सले ५० प्रतिशतको अफर अघि सारेको हो । बजारमा दर्जनौं फुड डेलिभरी प्लेटफर्म रहे पनि लस्कर फुड्स तिनीहरुभन्दा भिन्न रहेको लस्कर फुड्सका प्रमुख कार्यकरी अधिकृत वस्तीको दाबी छ । प्रभु–पे, इ–सेवा, खल्तीका साथै क्यास अन डेलिभरीबाट बल तिर्न मिल्ने व्यवस्था छ । ठमेल पकनाजोलस्थित रहेको लस्कर फुड्सको कार्यालयमा सिधै फोन गरेर ०११–४७००५५४/४७००५५३ वा लस्कर फुडस अनुप्रयोग (एप)बाट आफूलाई मन पर्ने खाना खाजा मगाउन सकिने प्रमुख कार्यकारी अधिकृत सुमन वस्ती बताउँछन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया