जगदम्बा मोटर्सको एनटर्कियन राइड सम्पन्न
काठमाडौं । टीभीएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सद्वारा आफ्नो एनटर्क परिवारमा ५० हजार सदस्यहरु पुगेको अवसरमा एनटर्कियन राइडको आयोजना सम्पन्न गरेको छ । सो राइड गत शनिबारको दिन नक्सालको टीभीएस शोरुमदेखि धुलिखेलको मिराबेल रिसर्ट होटल सम्म भएको थियो । राइडको बीचमा महालक्ष्मीस्थान,कौशलटार र भक्तपुरका टीभीएसका शोरुमहरुका बिक्रेताद्वारा स्वागत आयोजना गरिएको थियो । भेन्युमा पुगेलगत्तै कलाकार रोजिलिन श्रेष्ठसँगको लाइभ म्युजिक, मनोरञ्जक खेलहरु र सहभागीहरुसँग एक अन्तर्क्रियात्मक कार्यक्रम गरिएको थियो ।
यो सेलिब्रेसनको मुख्य उद्देश्य भनेको सबै दर्ता गरिएकामध्ये चुनिएका एनटर्किएनहरुलाई एकै ठाउँमा ल्याउने र एक एनटर्किएन क्लबको गठन गर्नु थियोे । यसले सबै राइडरहरुलाई एक अर्कासँग जोड्नका लागि र आफ्नो एनटर्कियन अनुभव एक अर्कासँग बाडँ्न मद्दत गरेको छ । लाइसेन्स भएका सबै एनटर्कियनहरुले जगदम्बा मोटर्स टीभीएसको आधिकारिक फेसबुक पेजको माध्यमबाट अनलाइन दर्ता गरेर यस सेलिब्रेसन राइडमा भाग लिएका कम्पनीले जनाएको छ । यो राइड सबै सुरक्षा प्रोटोकलहरुलाई अपनाएर र नेपाल सरकारको अनुमति लिएर आयोजना गरिएको थियो ।
सो अवसरमा जगदम्बा लिमिटेडका उपाध्यक्ष दीपक अग्रवालले भने, ‘हामी हाम्रो टीभीएस परिवारमा ५० हजार सदस्यहरु पुगेको घोषणा गर्न पाउँदा अत्यन्तै खुसी छौँ र सबै एनटर्कियन राइडरहरुलाई हार्दिक बधाई दिन चाहन्छौँ ।
एनटर्कियनहरुले हामीमाथि गर्नुभएको विश्वास र यति धेरै उत्साहित युवाहरुको यस राइडमा उपस्थिति रहेको देख्न पाउँदा म एकदमै हर्षित छु । म आशा गर्दछु कि हामीले यो कार्यक्रम आयोजना गर्दा जति रमाइलो अनुभव ग-यौ एनटर्कियन राइडरहरुले पनि यस राइडमा त्यति नै रमाइलो अनूभूति गर्नुभयो । ग्राहकहरुको लागि सबैभन्दा उच्चस्तरको सेवा प्रदान गर्नमा दृढ विश्वास गर्दछौँ । राइडरहरुले हामीप्रति देखाएको उत्साहले स्वर्ण मापदण्डहरु सेट गर्न तथा तिनीहरुलाई सफल पार्न प्रेरित गरेको छ ।’
सन् २०१८ मा टीभीएस एनटर्क १२५ नेपालमा पहिलो ब्लुटुथ जडान गरिएको स्कुटरको रुपमा सुरु गरिएको थियो र त्यहाँदेखि यसले सधैँ आफ्नो स्थान सुनिश्चित राखेको छ । हेर्दा राम्रो र नयाँ टेक्नोलोजीले गर्दा यो छोटो समयमा सबैभन्दा बढी बिक्री हुने स्कुटर बन्नपुगेको छ । अहिले यो यसको इन्डस्ट्री फस्ट टेक्नोलोजी, बेजोड शैली र उच्च प्रविधिले गर्दा बजारमा उत्कृष्ट प्रदर्शनको पर्यायवाची भएको छ । टीभीएसका पाँच प्रकारहरु छन् जसमा एनटर्क ड्रम, एनटर्क डिस्क, एनटर्क रेस एडिसन, एनटर्क स्क्वाड एडिसन र एनटर्क आरटीएफआई पर्दछन् ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- सेयर बजार परिसुचक दुई हजार ५६ बिन्दुमा
- अमेरिकी पूर्वराष्ट्रपतिकै घरमा एफबीआईको छापा
- होन्डाको नयाँ मोटरसाइकल भारतमा सार्वजनिक
- गहुँ आयातमा लगाइएको अतिरिक्त शुल्क हटाउने तयारीमा भारत
- ४३ प्रकारका भुटानी वस्तुलाई बंगलादेशले बजार पहुँच दिने
- आणविक बम विष्फोटको ७७औँ वार्षिकी
- प्रभु लाइफको बिजनेस कन्फरेन्स तथा क्लब्स इभेन्ट सेलिब्रेसन सम्पन्न
- ग्लोबल आईएमई बैंक र माया मेट्रो अस्पतालबीच सम्झौता
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- नागरिक समाज, विकास र जवाफदेहिता
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया