Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसामसङको ग्यालेक्सी एम ५२ फाइभजी नेपाली बजारमा

सामसङको ग्यालेक्सी एम ५२ फाइभजी नेपाली बजारमा


काठमाडौं । सामसङले सामसङ ग्यालेक्सी एम ५२ फाइभजी नेपाली बजारमा ल्याएको छ । उक्त फोन सामसङको शक्तिशाली एम सिरिजअन्तर्गतको नयाँफोन भएको कम्पनीले जनाएको छ । ग्यालेक्सी एम ५२ फाइभजी फोन ७.४ मिलीमिटरको पातलो डिजाइनमा प्रस्तुत गरिएको छ । यस फोनमा ७७८ जी प्रोसेसर १२० हर्जपावर स्क्रिन, ५ सय हर्ज ब्याट्री क्षमता तथा फाइभजी सपोर्ट गर्ने सुविधा छ ।

सामसङ मोबाइल नेपालका बिजनेस हेड प्रणयरत्न स्थापितले सन् २०१९ मा ग्राहकहरुको अभूतपूर्व सहभागिता एवं ग्यालेक्सी एम सिरिजको अपार सफलतापछि अर्थपूर्ण आविष्कारहरुतर्फ निरन्तर लागिरहेको बताए ।

नयाँ विशेषताको दर्शनलाई आत्मसात् गर्दै परिधिहरुलाई पार गर्दै यस सेगमेन्टको उत्कृष्ट मोन्स्टर डिस्प्ले, उत्कृष्ट कार्यक्षमता तथा अझै टिकाउ हुने ब्याट्रीको साथ यो फोन प्रस्तुत गरिएको उनले बताए । ‘फोनमा वास्तवमै पावर प्याक्ड फिचरहरुः ७७८ जी प्रोसेसर १२० हर्जपावर स्क्रिन, ५ सय हर्ज ब्याट्री क्षमता तथा फाइभजी सपोर्टजस्तो सुविधा छ’, स्थापितले भने ।

सामसङको ग्यालेक्सी एम ५२ फाइभजी एमसिरिजअन्तर्गतको पातलो स्मार्टफोन हो । यो ७.४ एमएमको रहेको छ । यसअघिका फोनहरुभन्दा यो फोन २१ प्रतिशत पातलो छ । यो फोन दुई आकर्षक रंगहरु आईसी ब्लु तथा ब्लेजिङ्ग ब्ल्याकमा उपलब्ध छ ।
कम्पनीका अनुसार ग्यालेक्सी एम ५२ फाइभजी शक्तिशाली प्रोसेसर, अभूतपूर्व डिस्प्ले, उच्चस्तरीय क्यामरा, शक्तिशाली ब्याट्री र सुपथ मूल्ययुक्त विशेषता भएको मोबाइल हो । उपभोक्ताहरुले ग्यालेक्सी एम ५२ फाइभजी नेपालभर रहेका सामसङका आधिकारिक ब्राण्ड सप, रिटेलरहरुमा सहजै खरिद गर्न सक्नेछन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया