Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगहजार युनिट बढी बिक्री भयो निसान म्याग्नाइट कार

हजार युनिट बढी बिक्री भयो निसान म्याग्नाइट कार


काठमाडौं । नेपाली बजारमा भित्रिएको केही महिनाभित्रै एक हजार एक सय ११ युनिट निसान म्याग्नाइट बिक्री भएको छ । नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पले यति धेरै संख्यामा निसान म्याग्नाइट नेपालमा बिक्री भएको जानकारी दिएको छ ।

साथै अहिले पनि एक हजार सात सय युनिटभन्दा धेरै बुकिङ भइसकेको छ । यससँगै निसान नेपाली बजारमा धेरै प्यासेन्जर कार बिक्री गर्ने तेस्रो ठूलो कम्पनी बन्न सफल भएको पायोनियर मोटोकर्पले दाबी गरेको छ ।

निसान म्याग्नाइट नेपाली बजारमा गत वर्षको फेब्रुअरी २२ मा औपचारिक रुपमा लन्च गरिएको थियो । त्यसपछि ७४ दिनकै अवधिमा गत साउन महिनासम्म पाँच सय ७८ युनिट निसान म्याग्नाइट बिक्री भएको कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया