Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनम्बर प्लेट नराखी चलाएका दुई सय १९ वटा मोटरसाइकल नियन्त्रणमा

नम्बर प्लेट नराखी चलाएका दुई सय १९ वटा मोटरसाइकल नियन्त्रणमा


काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले नम्बर प्लेट नराखी चलाएका दुई सय १९ वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको छ । महाशाखाले चलाएको नम्बर प्लेटविरुद्धको कारबाही अभियानको क्रममा नम्बर प्लेट नलेखिएका एक सय ६५ वटा र अस्पष्ट खुइलिएका नम्बर प्लेट भएका ५४ वटा मोटरसाइकल पक्राउ गरेको हो ।

ट्राफिक प्रहरीले ढाँचाअनुसार नम्बर प्लेट नलेखिएका, स्पष्ट नभएका, खुइलिएका, अनटेस्ट वा अस्थायी नम्बर प्लेट भएका, नम्बर प्लेटको टप बंग्याएका वा ढाकिएका मोटरसाइकलहरूविरुद्ध विशेष चेकजाँच अभियान सञ्चालन गरेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बताए ।

विशेषगरी नयाँ अनटेस्ट र स्पष्ट नदेखिने नम्बर प्लेट नलेखिका मोटरसाइकलहरूले दुर्घटना गर्दा गाडी नम्बर टिप्न, प्रहरीलाई खबर गर्न समस्या हुनेगरेको छ, त्यस्ता मोटरसाइकल फरार हुँदा पक्राउ गर्न र कारबाहीको दायरामा ल्याउन समेत समस्या हुने गरेको एसएसपी भट्टराईले बताए ।

कतिपय त्यस्ता मोटरसाइकलहरू तीव्रगति र लापरबाहीका साथ चलाउने, ट्राफिक नियम उल्लंघन गर्दै हिँड्ने गरेको पाइन्छ भने हराउँदा समेत फेला पार्न सकस हुनेगरेको महाशाखाले जनाएको छ । सम्पूर्ण सवारीधनीलाई त्यसमा पनि मोटरसाइकलधनीलाई आफ्नो सवारीसाधनको नम्बर प्लेट स्पष्ट राख्न र सवारीको अवस्था समेत सही हालतमा राख्न महाशाखाले अनुरोध गरेको छ ।

ट्राफिक नियम उल्लंघन गरी हिँड्ने, दुर्घटना गरी फरार हुने तथा चाडपर्व र भीडभाडको समयमा हुनसक्ने चोरी लुटपाटलगायतका आपराधिक क्रियाकलापलाई रोक्न यस अभियानले महत्वपूर्ण भूमिका निर्वाह गर्ने महाशाखाको बुझाइ छ । त्यस्ता तोकिएको ढाँचाबमोजिम नम्बर प्लेट नराख्ने मोटरसाइकललाई ट्राफिक प्रहरीले पाँच सयदेखि १५ सय रूपैयाँसम्म जरिवाना गर्ने व्यवस्था रहेको महाशाखाले जनाएको छ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया