Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगकोका–कोला नेपालद्वारा सस्टेनेबिलिटी हाइलाइट्स रिपोर्ट सार्वजनिक

कोका–कोला नेपालद्वारा सस्टेनेबिलिटी हाइलाइट्स रिपोर्ट सार्वजनिक


काठमाडौं । कोका–कोलाले नेपालमा पहिलो पटक आफ्नो सस्टेनेबिलिटी हाइलाइट्स रिपोर्ट जारी गरेको छ । यस रिपोर्टले सन् २०२० को दौरान समावेशी, दिगो र उज्ज्वल भविष्यको लागि कम्पनीको प्रयासहरुलाई दर्शाएको छ ।

रिपोर्टले पानी व्यवस्थापन, प्लास्टिक रिसाइक्लिङ, कार्बन कटौती, कोभिड १९को बेलाको प्रतिक्रियासहित कर्पोरेट नागरिकताका व्यक्तिहरुलाई फाइदा पुर्याएको छ, जसमा युवा, महिला, आपूर्तिकर्ता र कर्मचारीहरु सामेल रहेका छन् । यसले संयक्त राष्ट्रसंघको १७ वटा दिगो विकास लक्ष्यहरुलाई आफ्नो मुख्य रणनीतिमा एकीकृत गराएको छ ।

नेपालमा कोका–कोला कम्पनीका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीका अनुसार कोका–कोलाको प्रणालीले व्यापार वृद्धि गर्नको लागि दिगोपनलाई एक शर्तको रुपमा लिएको छ । १९७३ देखि, कोका–कोलालाई हरेक नेपालीहरुको रिफ्रेसमेन्टको पहिलो रोजाइको बनाउने व्यवसायमा कम्पनी अघि बढेको उनले बताए । ४० वर्षभन्दा बढी समयदेखि एक कम्युनिटी ड्रिभन, कस्टोमर फोकस्ड रहेको साथै सबैका लागि लाभदायक रहने दिगो व्यवसाय निर्माण गर्ने प्रयास गरिरहेको उनले बताए ।

पानी भनेको कोका–कोलाको व्यापार र यसको समुदायहरुको स्वास्थ्यको दीर्घकालीन सफलताको लागि केन्द्रित रहेको छ । कम्पनीले राष्ट्रको लागि पानी सुरक्षा सुनिश्चित गर्ने क्रममा पानीको स्रोतहरुको सम्मान र संरक्षण गर्ने जिम्मेवारी लिएको छ । नेपालमा कोका–कोलाले २०० प्रतिशतभन्दा बढी पानी पुनर्भरणको क्षमता हासिल गरेको छ जसमा रेन वाटर हार्वेस्टिङ, ग्राउन्ड वाटर रिचार्ज र वाटरएड र स्मार्टपानीसँगको वाटरशेड पुनस्र्थापना साझेदारीजस्ता परियोजनाहरु छन् । यसको अर्थ कोका–कोलाले पेयपदार्थको उत्पादनमा प्रयोग हुने पानीको प्रत्येक थोपाको लागि नेपालभरिका समुदायहरुलाई दोब्बर पानी फिर्ता दिनेछ ।

सन् २०१८ मा कोका–कोलाले विश्वव्यापी रूपमा ‘वल्ड विथआउट वेस्ट’ अभियानको घोषणा गरेको थियो जसको उद्देश्य सन् २०३० सम्ममा बेचिएका सबै बराबरको बोतल र डिब्बाहरुलाई संकलन र रिसाइक्लिङ गर्ने थियो । यसमा नगरमित्र, रिसाइक्लर साथी र क्रिएसन, हिमालयन क्लाइमेट इनिसिएटिभ, डोको रिसाइक्लर्स र ब्लू वेस्ट २ भ्यालुको संयोजनमा रिफ्रेस र रिसाइकलहरु सामेल रहेका छन् । यी परियोजनाहरु सामूहिक रूपमा काठमाडौँभरका दुई नगरपालिका र काठमाडौंबाहिरका सात नगरपालिकाहरु छन् । यी परियोजनाहरुका साथै कोका–कोलाले नेपाली सेनासँग दुई वर्षसम्म ‘माउन्टेन क्लिन अप क्यामपियन’को लागि सहकार्य गरेको छ ।

कोका–कोलाले आफ्नो पोर्टफोलियोमा प्रयोग हुने पीईटीलाई घटाउन अफोर्डेबल स्मल स्पार्कलिङ प्याकेज (एएसएसपी) टेक्नोलोजीको माध्यमबाट पोलिइथाइलिन टेरेफ्थलेट (पीईटी) बोतलहरुलाई हल्का तौलको बनाएको छ । यसले प्लानेटलाई सफा बनाउनको लागि आफ्नो प्याकेजिंग को रि–इमाजिनिङ गरिरहेको छ ।

डिजाइन इनोभेसन र हल्का वजनमा निर्मित रहेको एएसएसपी प्याकेजिङ २५० मिलिलिटर र ५०० मिलिलिटरको भेरियन्टमा उपलब्ध रहेको छ । त्यसैगरी, न्यूनतम प्रणाली ब्रेकेजबाहेक बजारबाट १०० प्रतिशत रिकभरीको लागि आरजीबी (रिटर्नेब लग्लास बोतल) को प्रयोग गरिन्छ जसलाई १०० प्रतिशत रिसाइकल गर्न सकिन्छ । यसबाहेक, कोका–कोलाले सेकेन्डरी प्याकेजिङमा प्लास्टिकको उपयोगलाई कम गर्नको लागि विभिन्न आपूर्तिकर्ताहरुसँग सहकार्य गरिरहेको छ ।

आफ्नो कार्बन फुट प्रिन्टलाई घटाउने प्रयासमा कोका–कोला नेपालले वर्षौंदेखि ऊर्जाको उपयोग र ऊर्जा को नन–रिनिवेबल स्रोतहरुमा निर्भरता घटाएको छ । कोका–कोलाले बालाजु र भरतपुर दुवै प्लान्टहरुमा सौर्य ऊर्जाबाट सञ्चालित सडकका बत्तीहरु स्थापित गरिएको थियो र अत्यधिक ऊर्जा इफिसियन्ट उपकरण र टेक्नोलोजीमा लगानी गरेको थियो ।

यसबाहेक, कोरोनाभाइरस महामारीविरुद्धको लडाइँमा कोका–कोला फाउन्डेसन (टीसीसीएफ) ले सन् २०२० मा नेपालमा सबैभन्दा धेरै प्रभावित भएकाहरुलाई सहयोग गर्न कोभिड–१९ राहतका उपायहरु प्रदान गर्नको लागि नेपाली ८० मिलियनको प्रतिज्ञा गरेको थियो । यो राहतको प्रयासलाई क्रिएसन र नेपाल रेडक्रस सोसाइटीको समर्थनमा फोहोर व्यवस्थापन गर्ने र नेपाल भरिका स्वास्थ्य क्षेत्रमा कार्यरत रहेका व्यक्तिहरुलाई केन्द्रित गरिएको थियो । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया