Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगओप्पोद्वारा रायोट गेम्ससँग लिग अफ लेजेन्ड्स वर्ल्ड च्याम्पियनसिपका लागि साझेदारी घोषणा

ओप्पोद्वारा रायोट गेम्ससँग लिग अफ लेजेन्ड्स वर्ल्ड च्याम्पियनसिपका लागि साझेदारी घोषणा


काठमाडौं । ओप्पोले लिग अफ लेजेन्ड्स वर्ल्ड च्याम्पियनसिप २०२१ (एस११)को प्रायोजनका लागि रायोट गेम्ससँग साझेदारी घोषणा गरेको छ । यो साझेदारी ओप्पोले सन् २०१९देखि रायोट गेम्ससँग हस्ताक्षर गरेको बहुवर्षीय सम्झौताकै अंश हो । साझेदारीले ओप्पोलाई विश्वभरका इस्पोर्ट्स खेलाडीहरुमाझ आफ्नो ब्राण्डप्रतिको जागरुकता बढाउन सघाउने कम्पनीले जनाएको छ ।

यस वर्ष ओप्पोले फाइनल्समा अद्वितीय प्रदर्शनीमार्फत ब्याटग्राउण्डमा कब्जा जमाउन सफल खेलाडीहरुलाई मोस्ट भ्यालुएबल प्लेयर्स अवार्डबाट सम्मानित गर्नेछ । साथै, ओप्पोले आफ्ना दर्शक तथा श्रोतामाझ गेमिङ हाइलाइट्स तथा व्यावसायिक खेलाडी तथा टिमहरुका अन्तर्वार्ता पनि प्रस्तुत गर्ने जानकारी दिइएको छ । यसले दर्शक–श्रोतालाई फाइनल गेमतिरको प्रगति र व्यावसायिक खेलाडीका बारेमा अझ जान्ने मौका प्रदान गर्ने ओप्पोको विश्वास छ ।

ओप्पोको ग्लोबल मार्केटिङका उपाध्यक्ष तथा अध्यक्ष विलियम ल्यूले लिग अफ लेजेन्ड्सले विश्वभरका गेमर्समाझ ओप्पोलाई परिचित गराउन एक सटिक प्ल्याटफर्म उपलब्ध गराएको बताए । रायोट गेम्समा इस्पोर्ट्सका लागि ग्लोबल हेड जोन निधामले पछिल्लो वर्षको सफल साझेदारीका आधारमा ओप्पोलाई लिग अफ लेजेन्ड्स वर्ल्ड च्याम्पियनसिप २०२१को प्रायोजकका रुपमा पाउँदा निकै उत्साहित भएको बताए । खेलका लागि पहिलो वैश्विक स्मार्टफोन पार्टनरका रुपमा ओप्पो विश्वभरका इस्पोर्ट्स खेलाडीहरुमाझ सर्वाधिक प्रभावशाली प्राविधिक ब्राण्डमध्ये एकका रुपमा परिचित भइसकेको उनको भनाइ छ ।

यस वर्षको फाइनल्सको थिम ‘मेक÷ब्रेक’ राखिएको छ । यसले असम्भवलाई तोडेर नयाँ सम्भावना निर्माणका लागि आवश्यक साहसको प्रतिनिधित्व गर्छ । निर्माणका लागि यो खोजसँगै ओप्पो फाइन्ड एक्स सिरिज, फाइन्ड एक्सथ्री प्रोले संसारलाई १०–बिट कलरमा खिचेर कैद गर्न मात्र नभई बिलियन रंगसहितको स्क्रिन डिस्प्ले पनि उपलब्ध गराउँछ । साथै, फाइन्ड एक्सथ्री प्रोमा कलरओएस ११.२को अंशका रुपमा इन हाउस कलर भिजन इनह्यान्समेन्ट पनि उपलब्ध गरिएको छ । यसले कलर भिजन डिफिसियन्सीबाट प्रभावित मानिसहरुका लागि सम्भावित पोटेन्सियल स्क्रिन क्यालिबरेसन र अप्टिमल्लि कलर करेक्टेड दृश्य प्रस्तुत गर्छ । फाइन्ड एक्सथ्री प्रोमा उपलब्ध गरिएको कलर क्यापेबिलिटी र सुलभ डिजाइन अभूतपूर्व छ ।

ओप्पोले स्मार्टफोनमा रंगको सिमाना नाघेर नयाँ सम्भावनाहरुको निर्माण गरेको छ । उपभोक्ता केन्द्रित ब्राण्डका रुपमा मोबाइल गेमर्सका आवश्यकता ओप्पोले स्पष्टरुपमा बुझेको छ । यसले गर्दा कम्पनीले कलरओएस मातहतको गेमिङ मोडमार्फत रुकावत रहित गेमिंग अनुभव प्रदान गर्छ । गेमिङ मोडको प्रयोग गरेपश्चात् गेमिङ गरिरहेका बखत खेलाडीलाई नोटिफिकेसन्स, म्यासेजेज वा कलले डिस्टर्ब गर्दैन । यसले गर्दा गेमर्सले रुकावतरहित इमर्सिभ गेमिङ अनुभवको मज्जा लिन सक्छन् । विश्वव्यापी इस्पोर्ट्स समुदायसँग घनिष्टरुपमा संलग्न हुने ओप्पोको आशा छ । साथै, फाइनल्समा प्रदर्शित व्यावसायिक खेलाडीहरुको भावनाले दर्शकलाई पनि आफ्ना सपनातिर अग्रसर हुन प्रेरित गर्ने ओप्पोको विश्वास छ ।

मोस्ट हाई स्टेक्स प्रतिस्पर्धाका रुपमा परिचित, द लिग अफ लेजेन्ड्स वल्र्ड च्याम्पियनशिप २०२१ (एस११)मा ११ देश तथा क्षेत्रका उत्कृष्ट समूहहरुको सहभागिता रहनेछ । अक्टोबर ५ मा सुरु हुने यो स्पर्धा नोभेम्बर ६मा एंजेभ्यागो ८, १०४ रेकेभिक, आइसल्याण्डमा आयोजना हुने फाइनल्ससँगै समापन हुनेछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया