Techie IT
×
गृहपृष्ठकर्पोरेटबजाज एक्सचेन्ज महामेला

बजाज एक्सचेन्ज महामेला


काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको एकमात्र अधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडले ‘फाइदा मोर, टेन्सन नो मोर’ शीर्षकका साथ ‘बजाज एक्सचेन्ज महा मेला’ अफर ल्याएको छ । काठमाडौँको भृकुटी मण्डपमा असोज १७ गतेदेखि सुरु भएको अफर असोज २३ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ ।

अफरअन्तर्गत ग्राहकहरुले कुनै पनि ब्राण्डको पुरानो बाइक लिएर आउनसक्ने छन् । साथै नयाँ बजाज बाइक लिएर घर फर्कन सक्नेछन्, यसमा १८ भन्दा बढी भ्यालुएटरहरु छन् । यस्तै कुनै पनि मोटरसाइकलको प्रचलित बजार भ्यालुएसनभन्दा १० हजार रुपैयाँ थप गरिदिएको पनि कम्पनीले जनाएको छ । यसका अतिरिक्त, बजाज नेपालले ५० प्रतिशत डाउन पेमेन्टमा शून्य प्रतिशत ब्याज, निःशुल्क एसेसरिज र निःशुल्क जाँच शिविर पनि प्रदान गरेको छ । यस्तै एक भाग्यशाली विजेताले सामसङ एम सिरिज मोबाइल र लक्की डोर प्राइज जित्ने मौका पाउनेछन् । यस मेगा इभेन्टमा थुप्रै कलाकारहरुको प्रदर्शन पनि शामिल हुनेछन् ।

साथै, बजाजले ‘बजाज खुसीको तीन डोज’ नामक आफ्नो दशैँ अभियान सफलतापूर्वक चलाइरहेको छ । ग्राहकहरुले अफरअन्तर्गत कुनै पनि बजाज मोटरसाइकल किन्नुपहिले, किन्ने बखतमा र किनिसकेपछि नगद पुरस्कार प्राप्त गर्न सक्छन् । ग्राहकहरुले बाइक किन्नुपहिले १० हजार रुपैयाँसम्मको अग्रिम नगद प्राप्त गर्न सक्छन् । त्यसबाहेक, उपभोक्ताहरुले मोटरसाइकलको खरिदको दौरानमा एक लाख रुपैयाँसम्मको नगद मूल्य प्राप्त गर्न सक्छन् । यसैगरी बम्पर अफरमा भने कुनै पनि आधिकारिक डिलरबाट बजाज मोटरसाइकल किनिसकेपछि १० लाख रुपैयाँको नगद पुरस्कार प्राप्त गर्न सक्दछन् ।


क्याटेगोरी : कर्पोरेट

तपाईको प्रतिक्रिया