Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगओप्पोद्वारा सन् २०१९ को प्राविधिक विकासको समीक्षा

ओप्पोद्वारा सन् २०१९ को प्राविधिक विकासको समीक्षा


काठमाडौं, माघ १५
ओप्पोले सन् २०१९ मा कम्पनीले हासिल गरेको प्राविधिक विकासको समीक्षा गरेको छ । कम्पनीको लागि २०१९ को वर्ष प्राविधिक विकासका लागि निकै सफल वर्ष रहेको बताइएको छ । सो वर्षमा ओप्पोले विभिन्न क्रान्तिकारी प्रविधिहरु सार्वजनिक गर्नुका साथै, एआई र फाइभजी लगायत उदीयमान प्रविधि सम्बन्धि विभिन्न रणनीति समेत घोषणा गरेको छ ।

सन् २०१९ को सुरुवातमै सार्वजनिक गरिएको नवप्रवर्तनात्मक टेनएक्स लसलेस जुम प्रविधिले ओप्पोको प्रतिष्ठा मोबाइल उपकरण नवप्रवर्तनका रुपमा अझ माथि उठाइदिएको छ । टेनएक्स हाइब्रिड जुम सहितको फोन साथमा हुँदा ब्यवसायिक फोन आफ्नो साथमा भएको झैँ अनुभव हुन्छ । मानिसहरुलाई संसारमा निहित सम्भावना तथा तिनका वरपर रहेका सुन्दरता अनुभव गराउन ओप्पो हरपल तत्पर छ । टेनएक्स हाइसब्रड जुम जस्ता फोटोग्राफिक तथा सिनेमाटोग्राफिक विकासका माध्यमबाट सबैलाई कला निर्माण तथा सुन्दरता कैद गर्न दैनिक अवसर प्रदान गर्ने ओप्पोको उद्देश्य प्राप्तिको अझ नजिक भएको छ ।

त्यस्तै सन् २०१९को मे महिनामा सार्वजनिक भएको ओप्पो रेनो फाइभजी यूरोपियली बजारमा भित्रिएको पहिलो ब्यवसायिक फाइभजी स्मार्टफोनका रुपमा स्थापित भयो । स्विसकमसंग सहकार्य गर्दै रेनो फाइभजीको स्ट्जिरल्याण्डमा विक्रि आरम्भ गरिएसंगै विश्वभरका थप बजारमा यो फोन उपलब्ध गरिएको थियो । फाइभजी नेटवर्क क्षमताका साथै रेनो सिरिजले लुकाइएको फ्रण्ट फेसिङ क्यामेरासहितको फुल पानोरामिक स्क्रिन, नवप्रबर्तनात्मक पिभोट राइजिङ क्यामेरा, टेनएक्स हाइब्रिड जुम सहितको तीन ओटा लेन्स सहित रियर क्यामेरा तथा सर्वोत्कृष्ट हार्डवेयर लगायत अत्याधुनिक प्रविधिहरु मार्फत उत्कृष्ट प्रयोग अनुभव प्रदान गरेको छ ।

कम्पनीले सेप्टेम्बर २०१९ मा सुपरभोक २.० फ्ल्यास चार्जिङ सार्वजानिक गरेको थियो । भोक फ्ल्यास चार्जिङले स्मार्ट उपकरण चार्जिङ प्रविधिलाई अझ अगाडि लानुका साथै, औद्योगिक मानकलाई समेत निरन्तर चुनौती प्रस्तुत गर्दै आइरहेको छ । २०१९मा ओप्पोले भोक फ्ल्यास चार्जिङ प्रणालीका विभिन्न संस्करणहरु पनि सार्वजनिक गरिसकेको छ । ती मध्यपनि मात्र ३० मिनेटको समयमा ४ हजार एमएएच क्षमताको ब्याट्रीलाई पूर्णतः चार्ज गर्न सक्ने, ओप्पो रेनो एस मार्फत उपलब्ध गरिएको सुपरभोक २.० प्रविधिलाई अहिले पनि विश्वकै उन्नत चार्जिङ समाधानका रुपमा लिइन्छ । ओप्पोको चार्जिङ प्रविधि निरन्तररुपमा परिष्कृत हुँदै आइरहेको छ र यसको थप विकसित रुप सन् २०२०मा पनि आउँदै गर्ने निश्चित छ । डिसेम्बर २०१९ मा कम्पनीले ओप्पो इन्नो डे मार्फत नवप्रबर्तनात्मक फाइभजी उपकरण ईकोसिस्टमको घोषणा ग-यो ।

यसले मानवतालाई ईन्टेलिजेन्ट कनेक्टिभिटीको नयाँ यूगमा लान थप योगदान पु-याएको छ । आउने तीन बर्षमा ओप्पोले ७ बिलियन यूएस डलर कोर हार्डवेयर, सफ्टवेयर र फाइभजी प्रणाली प्रविधिको विकासका लागि आरएण्डडीमा खर्चने छ । फाइभजी डिभाइस इकोसिस्टमका सम्भावना प्रस्तुत गर्न ओप्पोले फाइभजी सीपीई, एआर ग्लासेज, स्मार्ट हेडफोन्स र स्मार्ट वाचेज लगायत विभिन्न स्मार्ट उपकरणहरुको घोषणा समेत गरिसकेको छ । ओप्पोको स्मार्ट उपकरण निर्माण तथा विकासको दिर्घकालिन योजनामार्फत प्रयोगकर्ताहरुका लागि विशेष, सहज र व्यक्तिगत अनुभव प्रदान गर्नु प्रमुख उद्देश्य रहेको कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया