लिनियर फ्लक्सका हेडफोन, पावरबैंक र एयर प्युरिफायरको माग उच्च
काठमाडौं । आईएमएस ग्रुपले नेपाली बजारमा ल्याएको लिनियर फ्लक्स हाइपरसोनिक वायरलेस हेडफोन, एनर्जाइजर पावरबैंक तथा क्रेन ह्युमिडिफायर/एयर प्युरिफायरको माग बढ्दो क्रममा छ । ग्राहकहरुको बढ्दो रुचि र मागका कारण कम्पनीले स्मार्टडोको तथा अन्य अनलाइन प्लेटफर्ममा यी सामग्रीहरु बिक्रीका लागि उपलब्ध गराएको छ ।
यसका साथै दशैँ अफरका रुपमा स्मार्ट डोकोलगायत अन्य ई–कमर्स साइट तथा आईएमएस लिटल स्माइल्स शोरुमहरु दरबार मार्ग र सिटी सेन्टरमा यी सामानहरु १५ देखि २५ प्रतिशत छुटमा खरिद गर्न सकिनेछ । यी उत्पादनहरु अनलाइनका साथसाथै अफलाइन बजारमा समेत उपलब्ध रहेको कम्पनीले जनाएको छ । आईएमएस ग्रुपले यी तीनवटै अमेरिकी ब्रान्डको नेपालका लागि आधिकारिक वितरकको जिम्मेवारी पाएको हो ।
लिनियरफ्लक्स हाइपरसोनिक हेडफोन : लिनियरफ्लक्स बिट्स (बाइ डा. ड्रे) तथा मोन्सटर प्रडक्ट्सका इन्जिनियरहरुद्वारा स्थापना गरिएको ट्रु वायरलेस, हाइपर डेफिनिसन तथा उत्कृष्ट अडियोको अनुभव प्रदान गर्ने अमेरिकी हेडफोन निर्माता ब्रान्ड हो । यसको उत्पादन लिनियरफ्लक्स हाइपरसोनिक एक्टिभ लाइफस्टाइलका लागि तयार पारिएको हो ।
सन् २०१४ मा पहिलोपटक सार्वजनिक हुनुअघि यो डिभाइस दुई वर्षसम्म अनुसन्धान र विकासको चरणमा रहेको थियो । लेडी गागा, डा ड्रे, पफ ड्याडी, ब्ल्याक आइड पीज, फार इस्ट मुभमेन्ट, जे चोउ तथा वन्डर गल्र्सजस्ता थुप्रै संगीतजगत्का हस्तीहरुले प्रयोग तथा परीक्षण गरिसकेका छन् । यसमा संगीतको स्पष्टता तथा सुधारिएको बेसका लागि डीएल०१ इमर्सिभ साउन्ड सिस्टम समावेश गरिएको छ । पानी नछिर्ने (वाटर रेजिस्टेन्ट) फिचर रहेको यो डिभाइसलाई वायरलेस रुपमा चार्ज गर्न सकिन्छ । दुई रंगको नरम इयर–टिप्सयुक्त यो इयरफोनले न्वाइज क्यान्सिल गरी बेस तथा अन्या डाइनामिकहरुको अनुभव स्पष्ट रुपमा गर्न मद्दत पु-याउँछ । नेपालमा यो डिभाइस स्मार्टडोको दराज तथा आईएमएसका लिटल स्माइल्स शोरुमहरुमा डिस्काउन्टपछि नौ हजार नौ सय ९० रुपैयाँमा उपलब्ध छ ।
एनर्जाइजर पावर बैंक र कार चार्जर : अमेरिकी ब्रान्ड एनर्जाइजर विश्वकै ठूलो प्राइमरी ब्याट्री, ब्याट्रीबाट चल्ने पोर्टेबल डिभाइस तथा पोर्टेबल फ्ल्यासलाइटलगायतका उत्पादक कम्पनी हो । यो पावर सोलुसन प्रदायकका रुपमा पनि विश्वमा चर्चित छ ।
एनर्जाइजरले रिचार्ज गर्न मिल्ने पोर्टेबल डिभाइसका लागि निर्माण गरेको पावरबैंक नेपालमा आईएमएस ग्रुपले आधिकारिक रुपमा उपलब्ध गराएको हो । स्मार्टफोन तथा अन्य डिभाइसमा भरपर्दो पावर प्रदान गर्ने फिचरयुक्त पावरबैंक पनि स्मार्टडोको, दराज अनि अरु अनलाइन तथा आईएमएस लिटल स्माइल्स शोरुमबाट २५ प्रतिशत छुटमा किन्न पाइने व्यवस्था गरिएको छ ।
क्रेन ह्युमिडिफायर : अमेरिकाकै प्रख्यात ह्युमिडिफायर ब्रान्ड क्रेनले ह्युमिडिफायरका साथमा एयर प्युरिफायर, टावर फ्यान, हिटर तथा सुगन्ध फैलाउने अरोम डिफ्युजरलगायतका उत्पादनहरु निर्माण गर्दछ । यो ब्रान्डका उत्पादनले अलग अलग समय र स्थानहरुमा जेपीएमए इनोभेसन अवार्ड, ट्राभल ह्युमिडिफायर अवार्ड, एनसीडब्लू इको एक्सलेन्स अवार्डलगायतका थुप्रै अवार्डहरु जितिसकेको छ । खोकी, सुक्खा हावा, डम, नवजात शिशुहरु, सांगीतिक प्रस्तुति, घरपालुवा जनावर तथा घुर्ने समस्या साथै कोठामा भएको ब्याक्टेरिया भाइरसलाई ९९.९ प्रतिशतले मारेर कोठाको हावालाई स्वास प्रश्वास योग्य बनाउँछ । क्रेन ब्रान्डका यी सामग्रीहरु पनि स्मार्टडोको, दराज, अन्य अनलाइन तथा आईएमएसका लिटल स्माइल्स शोरुमहरुमा १५ प्रतिशतको छुटमा खरिद गर्न सकिनेछ ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- म्यानचेस्टर युनाइटेड खरिद गर्न इच्छुक छन् बेलायती अर्बपति जिम
- चीनसँग तनावका बीच अमेरिकाले ताइवानसँग औपचारिक व्यापार वार्ता गर्ने
- श्रीलंकाको आर्थिक संकुचन आठ प्रतिशतले बढ्ने
- युवा उद्यमशीलता शिखर सम्मेलनको टाइटल स्पोन्सरमा राष्ट्रिय वाणिज्य बैंक
- माछापुच्छ्रे बैंकद्वारा नेपाल नाई संघलाई क्यूआर कोड हस्तान्तरण
- एनएमबी म्युचुअल फन्डअन्तर्गतको म्युचुअल फन्ड योजनाहरूको विवरण सार्वजनिक
- सनराइज बैंकको अफरै अफरले भरिएको भाद्र
- कामना सेवा विकास बैंकको ‘मर्चेन्ट बोनस योजना’
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- नागरिक समाज, विकास र जवाफदेहिता
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया