Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगजगदम्बा सिमेन्टद्वारा मिडिया प्रमोसनमा सहयोग

जगदम्बा सिमेन्टद्वारा मिडिया प्रमोसनमा सहयोग


काठमाडौं, माघ १५
नेपालको चितवनस्थित गौतम बुद्ध क्रिकेट रंगशाला निर्माण सहयोगार्थ सुवानी फिल्म्स प्रालिद्वारा निर्मित नेपाली चलचित्र ‘सेन्टी भाइरस’को मिडिया प्रमोसनको निमित्त ‘गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणमा साथ छ जगदम्बा सिमेन्टको’ भन्ने नारासहित जगदम्बा सिमेन्टले १० लाखबराबरको मिडिया प्रमोसनको निमित्त सहयोग गरेको छ ।

समाज सेवामा समर्पित धुर्मुस–सुन्तली फाउन्डेसनले राष्ट्रमा अत्याधुनिक अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण उद्देश्यले थालिएको यस अभियानमा राष्ट्रनिर्माणमा कटिबद्ध जगदम्बा सिमेन्ट मिडिया प्रमोसनमार्फत सरिक भएको हो । अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण, नेपालमा बढ्दो क्रिकेट क्रेज अझ व्यवस्थापन तथा प्रवद्र्धन गर्न महत्वपूर्ण कोशेढुंगा साबित हुनेछ भन्ने जगदम्बा सिमेन्टको मान्यता रहेको जनाएको छ । धुर्मुस–सुन्तली फाउन्डेसले समाजका विभिन्न क्षेत्रमा योगदान पु-याउँदै आएको छ ।

२०७२ को महाविनाशकारी भूकम्पको पुनर्निर्माणमा धुर्मुस सुन्तली फाउन्डेसनको योगदान महत्वपूर्ण र उल्लेखनीय रहेको छ । महोत्तरी, बर्दिबासस्थित नमूना मुसहर बस्ती फाउन्डेसनको नमूनायोग्य कामको रुपमा रहेको छ । बाढी पीडितका लागि रौटहट, चन्द्रनिगाहपुरमा निर्मित ‘एकीकृत नमूना सन्तपुर बस्ती’ प्रशंसनीय रहेको छ । साथै जगदम्बा सिमेन्टले धुर्मुस सुन्तली फाउन्डेसनद्वारा निर्माणाधीन गौतम बुद्ध क्रिकेट रंगशालामा गई निर्माणकर्मीहरुको मनोबल उच्च राख्न प्राथमिक उपचार बक्स वितरण गरको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया