Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग‘हुन्डाई हाइवे एसुरेन्स’ योजना

‘हुन्डाई हाइवे एसुरेन्स’ योजना


काठमाडौं । नेपालको लागि हुन्डाई गाडीको एक मात्र अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेनटल प्रालिले हुन्डाई हाइवे एसुरेन्स क्याम्प आयोजना गरेको छ । क्याम्पमा निःशुल्क गाडीहरुको चेकअप गरिने कम्पनीले जनाएको छ ।

कार्यक्रमअन्तर्गत कम्पनीले आफ्ना ग्राहक वर्गको लागि राजमार्गका विभिन्न स्थानहरुमा फ्रि चेक अप क्याम्प स्थापना गरेको जनाएको छ । दशैँमा आफ्नो परिवारजन तथा इस्टमित्रहरुसँग मनाउने हेतुले आफ्नो हुन्डाई गाडीमा घर फर्किँदै गरेका ग्राहकहरुलाई लक्षित गरी क्याम्प आयोजना गरिएको कम्पनीले जनाएको छ । क्याम्पमा ग्राहकहरुले आफ्नो हुन्डाई गाडीको फ्रि चेक अप क्याम्प गराउनुको साथै आवश्यक लुब्रिकेन्ट तथा कूलान्टको मात्रा कम भएमा कम्पनीले निस्शुल्क थप गरिदिने व्यवस्था पनि गरेको छ ।

योजनाअन्तर्गत कम्पनीले राजमार्गका विभिन्न स्थान बिर्तामोड ९काँकडभित्ता रोड), इटहरी (मिलन चोक), कुरिनटार (सीरीन हाईवे), भरतपुर (बाल मन्दिर चोक), चौराहा ( बुटवल, नेपालगन्ज (कोहलपुर चोक), धनगढी (अतरिया चोक), वीरगंज (पतलैया चोक) र हेटौंडा (बाईपास मार्ग, कपुर कम्पलेक्स) हरुमा फ्रि चेक अप क्याम्प पोइन्टको स्थापना गरिएको छ । यो कार्यक्रम असोज २४ देखि २६ गतेसम्म बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया