Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगकोका–कोलाको ‘धन्यवाद’ अभियान

कोका–कोलाको ‘धन्यवाद’ अभियान


काठमाडौं । पेय पदार्थ कोका–कोलाले सबै प्रियजनहरुप्रति कृतज्ञता प्रदान गर्ने थिमका साथ हालै दशैँ अभियानको लन्च गरेको छ ।

‘धन्यवाद’ शीर्षक रहेको यस अभियानको मुख्य आशय भनेको महामारीको कठिन समयमा हाम्रा लागि साथीको रुपमा सथै सहयात्री रहेका उपभोक्ताहरुलाई एउटा कोकको बोटलमार्फत धन्यवाद ज्ञापन गर्नु हो’, कम्पनीले भनेको छ ।

प्रहरी र थुप्रै गैर–सरकारी संस्थाहरुले नेपालमा कोभिड–१९ विरुद्धको लडाईमा आफ्नो महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । दशैंँ अभियानको एक हिस्साको रूपमा, कोका–कोलाले स्वास्थ्य सेवा क्षेत्र, ट्राफिक जस्ता विभिन्न क्षेत्रका अग्रणी योद्धाहरुलाई समर्पित गरेर यसको अन–ग्राउन्ड एक्टिभेसन सुरू गरेको छ ।

यसको मुख्य उद्येश्य भनेको फ्रन्टलाइन नायकहरुलाई उनीहरुले प्रदान गरेको समर्पण र समुदायको लागी दिएको सेवाको लागी कोका–कोलाको तर्फबाट ‘धन्यवाद’ व्यक्त गर्नु हो । यो कृतज्ञता प्रदान गर्नको लागि कोका–कोलाले अग्रपंक्तिका नायकहरुसँग संलग्न रहेर ‘धन्यवाद’ उपहार बक्सलाई बढ्दै छ । यसमा नयाँ धन्यवाद लेबल गरिएको व्यक्तिगत कोकको बोतलहरुमा नाम अंकित गरिएको छ र साथै कोका–कोलाको कन्टूर ग्लास पनि यसमा समावेश रहेको छ ।

पहिलो एक्टिभेसनको सफलतापूर्वक आयोजना चारवटा गैर–सरकारी संस्थामा गरिएको थियो । महावीर पुनको नेतृत्वमा रहेको राष्ट्रिय आविष्कार केन्द्र, देशका युवाहरुको नेतृत्वमा रहेको हामी नेपाल, जनावरलाई उद्धार र वासस्थान प्रदान गर्ने स्नेह केयर र हर्टबिट यसमा रहेका थिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया