Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगकनेक्टिभिटी स्ट्यान्डर्ड्स एलायन्सको बोर्ड अफ डाइरेक्टर्समा ओप्पो पनि

कनेक्टिभिटी स्ट्यान्डर्ड्स एलायन्सको बोर्ड अफ डाइरेक्टर्समा ओप्पो पनि


काठमाडौँ ।ओप्पो र द कनेक्टिभिटी स्ट्यान्डर्ड् एलायन्स (सीएसए)ले संयुक्तरुपमा ओप्पो एलायन्सको बोर्ड अफ डायरेक्टर्समा तत्कालै सम्मिलित भएको घोषणा गरेको छ । नयाँ भूमिकाअन्तर्गत ओप्पोले प्रमुख सदस्यका रुपमा इन्टरनेट अफ थिंग्स (आईओटी) कनेक्टिभिटी प्रोटोकल मामिला, म्याटरको विकासका तथा चीनमा प्राटोकलको प्रवद्र्धनका लागि अग्रणी भूमिका निभाउने जानकारी दिइएको छ ।

सीएसएद्वारा विकसित तथा निरन्तरता दिइएको म्याटर ‘कनेक्टेड थिंग्स’को जग हो । यसले प्रयोगकर्ताहरुलाई विभिन्न आईओटी उपकरणहरु एकअर्कामा कनेक्टेड राख्ने कार्यमा सहज प्रयोगकर्ता अनुभव प्रदान गर्छ । सीएसएको बोर्ड सदस्यका रुपमा ओप्पोले म्याटर वर्किङ गु्रपलाई अत्यधिक कम्प्याक्टिवल आईओटी इकोसिस्टम निर्माणका लागि महत्वपूर्ण योगदान प्रदान गर्दै पार्टनरहरुसँगको सहकार्यमार्फत एलायन्सको प्रोटोकल विकासलाई तीव्रता दिनेछ । यसका लागि ओप्पोले नयाँ प्रोटोकल्सका लागि प्रस्तावना, नयाँ मानकको स्थापना तथा म्याटरमा आधारित नयाँ प्रोटोटाइपको विकास लगायत क्षेत्रमा सघाउनेछ ।

ओप्पोले एलायन्सका प्रविधिहरु आफ्ना आईओटी प्रणाली तथा उत्पादनमा अंगीकरण गर्दै चीन लगायत अन्य क्षेत्रमा सीएसएको प्रवद्र्धनमार्फत कनेक्टिभिटीको भविष्य ट्रान्सफरमेसनका लागि काम गर्नेछ । साथै, ओप्पोले अन्य सीएसए सदस्यहरुसँग आफ्नो सहकार्यलाई बढावा दिँदै भरपर्दो, सुरक्षित र त्रुटिरहित मल्टि—सिनेरियो कन्भर्जेन्ट आईओटी अनुभव प्रयोगकर्तालाई पस्किनेछ ।पछिल्लो समयमा जीगबी एलायन्सका रुपमा परिचित, द कनेक्टिभिटी स्ट्यान्डर्ड्स एलायन्सको स्थापना सन् २००२ मा भएको हो । आईओटीको जग तथा भविष्यका रुपमा यसमा विश्वभरका चार सय कम्पनी र २२ बोर्ड मेम्बर्स सम्मिलित छन् । करिब दुई दशकदेखि सीएसए सदस्यहरु प्राविधिक मानकहरुमार्फत आईओटीलाई सहज तथा थप कम्प्याक्टिवल बनाउन संयुक्तरुपमा सहकार्य गरिरहेका छन् ।

फाइभजीको विकाससँगै ओप्पोले आईओटी इकोसिस्टम निर्माणका लागि लगानीलाई निरन्तरता दिँदै प्रयोगकर्तालाई अभिसरणमुखी अनुभव प्रदान गर्दै आइरहेको छ । फाइभजीकै अगुवाका रुपमा ओप्पोले अभूतपूर्व प्रविधिहरु पस्कँदै आइरहेको छ । सन् २०१५मा ओप्पोले फाइभजी स्ट्यान्डर्डाइजेसन टिमको स्थापना गर्दै आफ्ना फाइभजी मानकहरु विश्वभरका २० भन्दा बढी देश तथा क्षेत्रमा तैनाथ गरिसकेको छ । ओप्पोद्वारा तीन हजारभन्दा बढी फाइभजी मानकसम्बन्धी प्रस्तावहरु थ्रीजीपीपीलाई हस्तान्तरण तथा एक हजार फ्यामिलिज अफ फाइभजी स्ट्यान्डर्ड प्याटेन्ट ईटीएसआईसामु घोषणा गरिसकेको छ । हालसम्म ओप्पो आईओटी इकोसिस्टमले ३० समान सोच भएका पार्टनर्सलाई आफूतिर आकर्षित गरिसकेको छ ।

ओप्पोले आईओटी सिरिजअन्तर्गत स्मार्ट टीभी, वेयरेबल्स, अडियो उपकरणलगायत अन्य एक्सेसरिजहरु आफ्ना विश्वभरका प्रयोगकर्तामाझ पस्किसकेको छ । सबैका लागि त्रुटिरहित कनेक्टिभिटी र अत्याधुनिक आईओटी अनुभव उपलब्ध गराउने आफ्नो उद्देश्यअनुसार ओप्पोले सीएसए तथा वैश्विक आईओटी समुदायसँगको आफ्नो सहकार्यलाई अझ प्रगाढ बनाउँदै खुला तथा दीर्घकालीन आईओटी इकोसिस्टम निर्माणका लागि आफ्नो तत्परतालाई निरन्तरता दिइरहने प्रतिबद्धता व्यक्त गरेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया