Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

टेलिकमको अटम अफर


काठमाडौँ । नेपाल टेलिकमले ग्राहकहरुको लागि अटम अफर उपलब्ध गराएको छ । कम्पनीले मोबाइल सेवामा आकर्षक डाटा र भ्वाइस प्याकहरु तथा एफटीटीएच सेवामा समर अफरअन्तर्गत हाल उपलब्ध गराइरहेका विभिन्न प्याकेजलाई थप/परिमार्जन गरी अटम अफर उपलब्ध गराएको हो । सो अफर कात्तिक १ गतेदेखि सुरु भई ९० दिन लागू हुने टेलिकमले जनाएको छ ।

सजिलो अनलिमिटेड पोस्टपेड ५९९ अफर : अटम अफरमा नयाँ प्याकेजका रुपमा सजिलो अनलिमिटेड पोस्टपेड प्याक उपलब्ध हुनेछ । यसमा ३० दिनसम्म चलाउन मिल्ने गरी ५ सय ९९ रुपैयाँमा अनलिमिटेड अननेट भ्वाइस सेवा उपलब्ध हुनेछ । यो अफर खरिद गरेपश्चात् सुलभ दरमा डाटा सेवा समेत लिन चाहेमा ग्राहकले दुई सय ९९ रुपैयाँमा प्रतिदिन एक जीबीका दरले ३० दिनसम्म उपयोग गर्न सकिने ३० जीबी डाटा सेवा एड–अन प्याकको रुपमा खरिद गर्न सक्नेछन् ।

प्रतिदिन प्रयोग गर्न सकिने १ जीबी डाटा सकिएमा ६४ केबीपीएसको अनलिमिटेड डाटा सेवा उपलब्ध हुनेछ जसमा ग्राहकको मेन ब्यालेन्सको रकम काटिने छैन । यदि ग्राहकले ६४ केबीपीएसभन्दा बढी गतिको डाटा सेवा प्रयोग गर्न चाहेमा जम्मा ३० रुपैयाँमा एक जीबी, ४० रुपैयाँमा दुई जीबी र ५० रुपैयाँमा तीन जीबी डाटा २४ घण्टाभित्र प्रयोग गर्न सकिने गरी एड–अन प्याककै रुपमा खरिद गर्न सक्नेछन् ।

सजिलो अनलिमिटेड पोस्टपेड ७९९ अफर  : यसमा जम्मा सात सय ९९ रुपैयाँमा अनलिमिटेड अननेट भ्वाइस सेवा, प्रतिदिन एक जीबीका दरले ३० दिन प्रयोग गर्न सकिने ३० जीबी डाटा, २०० वटा अननेट सन्देश, ५० मिनेट अफ नेट भ्वाइस र ५० वटा अफ नेट सन्देश पठाउने सुविधा उपलब्ध हुनेछ । प्रतिदिनका लागि उपलब्ध एक जीबी डाटा सकिएमा सजिलो अनलिमिटेड पोस्टपेड ५९९ अफरमा उल्लिखित एड–अन प्याक खरिद गर्न सकिनेछ ।

सजिलो अनलिमिटेड पोस्टपेड ९९९ अफर : यसमा जम्मा नौ सय ९९ मा अनलिमिटेड भ्वाइस र चार सयवटा अननेट सन्देश पठाउने सुविधा, प्रतिदिन दुई जीबीका दरले ३० दिनसम्म प्रयोग गर्न सकिने ६० जीबी डाटा, १०० मिनेट अफ नेट भ्वाइस र १०० वटा अफ नेट सन्देश पठाउन सकिनेछ । प्रतिदिनका लागि उपलब्ध दुई जीबी डाटा सकिएमा सजिलो अनलिमिटेड पोस्टपेड ५९९ अफरमा उल्लिखित एड–अन प्याक खरिद गर्न सकिनेछ ।

सजिलो अनलिमिटेड पोस्टपेड १४९९ अफर : यस अफरमा एक हजार चार सय ९९ रुपैयाँमा अनलिमिटेड भ्वाइस, एक हजार वटा अननेट सन्देश पठाउने सुविधा, प्रतिदिन चार जीबीका दरले ३० दिन प्रयोग गर्न सकिने एक सय २० जीबी डाटा, दुई सय मिनेट अफ नेट भ्वाइस र दुई सयवटा अफ नेट सन्देश पठाउन सकिने सुविधा उपलब्ध हुनेछ । प्रतिदिनका लागि उपलब्ध चार जीबी डाटा सकिएमा सजिलो अनलिमिटेड पोस्टपेड ५९९ अफरमा उल्लिखित एड–अन प्याक खरिद गर्न सकिनेछ ।

सस्तो प्रिपेड कम्बो प्याक : यसमा प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि १५० मिनेट भ्वाइस, १.५ जीबी डाटा र १५ वटा अननेट सन्देश (अननेट) जम्मा दुई सय ९९ रुपैयाँमा २८ दिनसम्म प्रयोग गर्न सकिनेछ ।

सजिलो अनलिमिटेड प्रिपेड ५९९ प्याक : यसमा जम्मा पाँच सय ९९ रुपैयाँमा प्रतिदिन एक जीबीका दरले २८ दिन प्रयोग गर्न सकिने २८ जीबी डाटा उपलब्ध हुनेछ । यो प्याक लिएका ग्राहकहरुले अनलिमिटेड भ्वाइस सेवा लिन चाहेमा जम्मा दुई सय ९९ मा २८ दिनसम्म प्रयोग गर्न सकिने एड–अन प्याक खरिद गर्न सक्नेछन् ।

एफटीटीएच आईपी टिभी अफर : यसैगरी एफटीटीएच आईपी टिभी अफर–२०७८ मा कम्पनीको एफटीटीएच अन्तर्गतको ट्रिपल प्ले (भ्वाइस, डाटा र टिभी) सेवा एक वर्षका लागि लिने ग्राहकका लागि आकर्षक सहुलियत उपलब्ध हुनेछ । यस अन्तर्गत २५ एमबीपीएस व्याण्डविथ वार्षिक १५ हजार ९ सय ८० रुपैयाँमा प्राप्त हुनेछ । यही सेवा वर्षको ४० एमबीपीएस १७ हजार एक सय रुपैयाँ र ८० एमबीपीएस २२ हजार पाँच सय रुपैयाँमा उपलब्ध हुनेछ । वार्षिक सेवा लिनेका लागि कम्पनीले सेट टप बक्स (एसटीबी) उपलब्ध गराउने छ । यही सेवा तीन महिनाको लागि २५ एमबीपीएसको चार हजार एक सय रुपैयाँमा, ४० एमबीपीएसको पाँच हजार पाँच सय रुपैयाँमा र ८० एमबीपीएसको जम्मा सात हजार दुई सय रुपैयाँमा उपलब्ध हुनेछ । मासिक रुपमा सेवा लिँदा २५ एमबीपीएस एक हजार चार सय रुपैयाँमा, ४० एमबीपीएस एक हजार आठ सय ५० रुपैयाँमा र ८० एमबीपीएस जम्मा दुई हजार चार सय ५० रुपैयाँमा उपलब्ध हुनेछ ।

एफटीटीएचमा उपलब्ध सेवाहरुमध्ये भ्वाइस र डाटा सेवा मात्र पनि सहुलियत दरमा प्राप्त गर्न सकिनेछ । यसमा २५ एमबीपीएस डाटा एक हजार, ४० एमबीपीएस डाटा एक हजार पाँच सय र ८० एमबीपीएस डाटा दुई हजार रुपैयाँमा उपलब्ध हुनेछ । यी सेवाहरु तीन महिनाका लागि लिँदा २५ एमबीपीएस डाटा दुई हजार आठ सय ५०, ४० एमबीपीएस लिँदा चार हजार दुई सय र ८० एमबीपीएसलाई पाँच हजार पाँच सय रुपैयाँमा लिन सकिनेछ । यो सेवा वार्षिकरुपले लिँदा २५ एमबीपीएसको १० हजार पाँच सय, ४० एमबीपीएसको १५ हजार तीन सय र ८० एबीपीएसको २० हजार पाँच सय रुपैयाँमा उपलब्ध हुनेछ । वार्षिक प्याकेज खरिदमा ग्राहकलाई थप सुविधाको रुपमा प्रतिदिन तीन सय एमबी मोबाइल डाटा प्राप्त हुनेछ । यसैगरी मासिक, त्रैमासिक र वार्षिक प्याकेजहरुको खरिदमा क्रमशः दुई सय ५० मिनेट, सात सय ५० मिनेट र तीन हजार मिनेट अननेट फ्रि भ्वाइस कल सुविधा उपलब्ध हुनेछ ।

प्रिमियम इन्टरनेट सर्भिस प्याक : एफटीटीएचबाट डाटा सेवा मात्र लिन चाहने ग्राहकका लागि कम्पनीले प्रिमियम इन्टरनेट सर्भिस प्याक सुलभ दरमा उपलब्ध गराएको छ । यसमा डाटा सेवा मात्र एक वर्षका लागि लिँदा ५० एमबीपीएसको २४ हजार आठ सय, ८० एमबीपीएसको ३२ हजार आठ सय र सय एमबीपीएसको ४० हजार आठ सय रुपैयाँमा उपलब्ध हुनेछ । तीन महिनाको लागि डाटा सेवा लिँदा ५० एमबीपीएसको १२ हजार छ सय, ८० एमबीपीएसको १६ हजार पाँच सय र सय एमबीपीएसको २० हजार रुपैयाँमा उपलब्ध हुनेछ । एक महिनाको लागि ५० एमबीपीएसको चार हजार पाँच सय, ८० एमबीपीएसको छ हजार र सय एमबीपीएसको सात हजार पाँच सय रुपैयाँमा उपलब्ध हुनेछ ।

प्रिमियम इन्टरनेट सर्भिस विथ आईपी टिभी : यसैगरी डाटा र इन्टरनेट दुवै सेवा प्रयोग गर्ने ग्राहकका लागि कम्पनीले प्रिमियम इन्टरनेट सर्भिस विथ आईपी टिभी प्याक उपलब्ध गराउने भएको छ । यसमा एक महिनाका लागि सेवा लिँदा ५० एमबीपीएसको पाँच हजार एक सय ७८, ८० एमबीपीएसको छ हजार छ सय ७८ र १०० एमबीपीएसको आठ हजार एक सय ७८ रुपैयाँमा उपलब्ध हुनेछ । तीन महिनाको सेवा लिँदा ५० एमबीपीएसको १४ हजार पाँच सय २३, ८० एमबीपीएसको १८ हजार चार सय २३ र सय एमबीपीएसको २१ हजार नौ सय २३ रुपैयाँमा उपलब्ध हुनेछ । एक वर्षको सेवा लिँदा ५० एमबीपीएसको ३१ हजार तीन सय नौ, ८० एमबीपीएसको ३९ हजार तीन सय नौ र सय एमबीपीएसको ४७ हजार तीन सय नौ रुपैयाँमा उपलब्ध हुनेछ । यस प्याकको खरिदमा एसटिबीको शुल्क समावेश गरिएको छैन ।

विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले स्टार१४१५ह्याक्स डायल गर्नुपर्नेछ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट यससम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ । कम्पनीले ग्राहकवर्गको सुविधाका लागि उपलब्ध गराएको अटम अफर थप आकर्षक हुने विश्वास कम्पनीको रहेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया