Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगजावा मोटरसाइकलको डिलर वीरगञ्जमा विस्तार

जावा मोटरसाइकलको डिलर वीरगञ्जमा विस्तार


काठमाडौं । नेपालका लागि क्लासिक लिजेन्ड्सको एकमात्र अधिकृत वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रालिले प्रतिमा चोक, वीरगञ्जमा आफ्नो नयाँ डिलर एसआर मोटोकर्पको स्थापनासँगै सुसज्जित र पूर्णरुपमा सञ्चालित जावा मोटरसाइकलको विशिष्ट शोरूम खोलेको छ ।

बिर्तामोड, धरान, इटहरी, विराटनगर, लहान, पोखरा, नारायणघाट, बुटवल, भैरहवा, नेपालगञ्ज र सुर्खेतका विभिन्न शाखा र डिलरहरू भएका स्थानहरूमा सुलभ रूपमा जावा मोटरसाइकलहरू उपलब्ध गराइसकेपछि वीरगञ्जमा नयाँ डिलर नियुक्तिसँगै पूर्ण सुसज्जित शोरूम स्थापना गरेको हो । एसआर मोटोकर्पका प्रबन्धनिर्देशक रविन्द्र श्रेष्ठका अनुसार वीरगञ्ज र यस वरिपरिका क्षेत्रमा मोटरसाइकलप्रेमीहरूका लागि यी क्लासिक मोटरसाइकलहरू उपलब्ध गराइनेछ ।

कम्पनीका अनुसार मोटरसाइकलप्रेमीहरूले अब जावा, जावा फोर्टी–टु र फ्याक्ट्री–निर्मित पहिलो बब्बर पेराक मोडलसहित जावा मोटरसाइकलका विभिन्न मोडल बुक गर्न तथा प्रतिमा चोक, वीरगञ्ज र वरिपरिका क्षेत्रमा ‘टेस्टराइड’का लागि ९८०२९३५०४० डायल गर्न सक्नेछन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया