Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगआईफोन १३ को प्रि–बुकिंग खुल्ला

आईफोन १३ को प्रि–बुकिंग खुल्ला


काठमाडौं । नेपालमा एप्पलको लागी एकमात्र आधिकारिक राष्ट्रिय वितरक जेनेरेसन नेक्स्ट कम्युनिकेशन प्राइभेट लिमिटेड वा जेनएक्सटीले हालै आईफोन १३ सिरिजको लागी आफ्नो प्रि–बुकिंगको घोषणा गरेको छ । आईफोन १३ ले अमेरिकामा २४ सेप्टेम्बर २०२१ बाट आफ्नो सिपिंगको सुरूवात गरेको हो । यसको वितरण नेपालमा २९ अक्टोबर २०२१ बाट सुरु हुने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यो वर्ष यसको लन्च अघिल्लो वर्षको तुलनामा छिटो रहेको छ । यसको पहिलो लट सीमित स्टकका साथ प्रि–बुकिंगको माध्यमबाट उपलब्ध हुनेछ । ग्राहकहरुले आईएमई पे एप्लिकेसनको उपयोग गरी आफ्नो नयाँ आईफोनहरुको प्रि–बुकिंग गर्न सक्नेछन्, जहाँ उनीहरुले ३० हजार रुपैयाँ भन्दा माथिको नगदको विभिन्न अफरहरु प्राप्त गर्नेछन् । अफर अन्तर्गत थुप्रै डिस्काउन्ट कुपनहरु उनीहरुले विभिन्न स्थानबाट पाउने कम्पनीले जनाएको छ ।

ग्राहकहरुले रोडहाउस क्याफेमा १० प्रतिशत छुट, द एभरेस्ट होटलमा १५ प्रतिशत छुट, बिइन्ग ह्युमन नेपालमा १० प्रतिशत छुट, भेन्चुरिनी सुजमा १० प्रतिशत छुट, राइट च्वाइस नेपालमा २५ प्रतिशत छुट, बाइकर्स मार्टमा १० प्रतिशत छूट, अर्बन फुडमा १५ प्रतिशत छुट, नील डेभिडको सैलुनमा १० प्रतिशत छुट, केज फिटनेसमा २० प्रतिशत छुट र अप्सन दरबारमार्गमा ५० प्रतिशतसम्मको छुट रहेका छन् । यस बाहेक यसमा एक वर्षको निःशुल्क ब्रेकरेज बिमा र सम्पूर्ण लाइनअपको लागी १ बर्ष को वारेन्टी पनि उपलब्ध रहेको छ ।

यो ग्रे बजारको वर्तमान मूल्यहरुको तुलनामा धेरै प्रतिस्पर्धात्मक रहेको छ । वर्तमान लाइनअप रहेको यसको बेस मोडल १२८ जीबीकोे साथ सम्पूर्ण १३ सिरिजको लागी शुरू गरीएको छ, जुन आईफोन १२ लाइनअपको ६४ जीबी भन्दा धेरै राम्रो रहेको छ । नयाँ मोडेलमा मुख्य बिशेषता भनेको यसको क्यामेरा हो जसमा एक सिनेम्याटिक मोडको सुविधा पनि रहेको छ जसले यसलाई एक प्रोफेसनल भिडियो क्यामेराको रूपमा दाबी गरेको छ – जुन ४ के भिडियोहरुकोे लागी पनि निकै उपयुक्त रहेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया