Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगहिरो मोटोकर्पले स्कुटर समूहमा थप्यो प्रविधिको धार, नयाँ ‘कनेक्ट’ माएस्ट्रो एज ११० सार्वजनिक

हिरो मोटोकर्पले स्कुटर समूहमा थप्यो प्रविधिको धार, नयाँ ‘कनेक्ट’ माएस्ट्रो एज ११० सार्वजनिक


काठमाडौं । नेपालमा स्कुटर समूहमा आफ्नो उपस्थिति बलियो बनाउन तथा नेपाली ग्राहकहरूका लागि नवीनतम प्रविधि उपलब्ध गराउने प्रतिबद्धताबमोजिम विश्वकै सबैभन्दा ठूलो मोटरसाइकल तथा स्कुटर उत्पादक कम्पनी हिरो मोटोकर्प लिमिटेडले नयाँ माएस्ट्रो एज ११० सार्वजनिक गरेको छ ।

‘कनेक्ट’ सम्पर्क सञ्जालयुक्त स्टाइलिस माएस्ट्रो एज ११० विशेषगरी नेपालका ग्राहकहरूका लागि उपयुक्त डिजाइन छ । यस स्कुटरले युवाहरूलाई ध्यानमा राख्दै उन्नत सौन्दर्य र आधुनिक प्रविधिको मेलमिलाप गरेको छ । नयाँ माएस्ट्रो एज ११० मा यस वर्गकै पहिलो फस्ट इन सेगमेन्ट एलईडी प्रोजेक्टर हेडलाइट, पूर्ण डिजिटल स्पिडोमिटर, आईथ्रीएस स्टार्ट स्टप प्रणाली, ब्लुटुथ कनेक्टिभिटी, कल अलर्ट र टर्न–बाइ–टर्न नेभिगेसनसहित नयाँ शार्पर डिजाइन छ । कम्पनीका अनुसार माएस्ट्रो एज २ लाख १५ हजार रुपैयाँको आकर्षक मूल्यमा देशभर उपलब्ध हुनेछ ।

नेपालमा हिरो मोटोकर्पको एकमात्र वितरक नेपाल जनरल मार्केटिङ (एनजीएम) छ । यस कम्पनीले ७५ डिलरहरू, ८७ सर्भिस सेन्टर र ९० स्पेयर पार्ट आउटलेटहरूसहित देशभरका ९० वटा बिक्री केन्द्रमार्फत आफ्ना ग्राहकहरूलाई सेवा प्रवाह गर्दै आएको छ । नेपालमा हिरो मोटोकर्पको बिक्री दायरामा एचएफ डिलक्स, स्प्लेन्डर प्लस, सुपर स्प्लेन्डर, ग्ल्यामर, हंक १५० आर, एक्सट्रीम १६० आर, एक्सपल्स २००, एक्सपल्स २०० टी मोटरसाइकल र प्लेजर प्लस प्लेटिनम, माएस्ट्रो एज ११० र डेस्टिनी १२५ स्कुटर रहेका छन् ।

माएस्ट्रो एज ११० : नयाँ माएस्ट्रो एज ११० ले पूर्ण रूपमा डिजिटल स्पिडोमिटर र ब्लुटुथ कनेक्टिभिटीसहित प्राविधिक रूपमा उन्नत सुविधाहरू सामूहिक रुपमा उपलब्ध गराउँछ । यसमा टर्न–बाइ–टर्न नेभिगेसन छ जसले सवारी चलाएर अगाडिबढ्दा महत्वपूर्ण जानकारी प्राप्त गर्न सजिलो भई कल अलर्ट समेत प्रदान गर्छ । आईथ्रीएस स्टार्ट स्टप सिस्टमले इन्धन बचत गर्न मद्दत गर्दछ भने ग्राहकको सुविधाको लागि बाहिरबाटै पेट्रोल हाल्ने व्यवस्था पनि छ ।

नयाँ माएस्ट्रो एज ११० मा नयाँ आकर्षक स्लिकर डिजाइन भएको र वर्गमा पहिलो पटक शक्तिशाली एलईडी प्रोजेक्टर हेड लाइट रहेको छ । स्कुटरको अगाडिको भाग तिखो बनाइएको छ । यो स्कुटर दुई रङ्ग म्याट रातो र नीलोमा उपलब्ध रहेको छ । कम्पनीका अनुसार नयाँ माएस्ट्रो एज ११० विएसफोर अनुरूपको ११० सीसी इन्जिनद्वारा सञ्चालित छ जसले ७५०० आरपीएममा ८ बीएचपीको शक्तिशाली ऊर्जा प्रदान गर्छ, जुन अधिकमत ५५०० आरपीएममा ८.७ एनएमको टर्क उत्पादन गर्न सक्षम छ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया