Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसोनी लाइभ र टेलिनेटबीच साझेदारी

सोनी लाइभ र टेलिनेटबीच साझेदारी


काठमाडौं । सोनी पिक्चर्स नेटवर्क्स इन्डियाको लोकप्रिय ओटीटी प्लाटफर्म, सोनी लाईभले टेलिनेट प्रालिसँग सम्झैता गरी नेपालमा सब्सक्रिप्सन वितरण गरेको छ । उक्त सम्झौतापछि अब सहजै उपभोक्ताहरुलाई स्थानीय बिलिङ च्यानलमार्फत भुक्तानी गर्नसक्ने सुविधा उपलब्ध भएको छ ।

यो ओटीटी प्लाटफर्म आईओएस, एन्ड्रोइड र वेवमा उपलब्ध छन् । यसमा नेपालमा प्रसारण अधिकार प्राप्त मनोरञ्जनका विशिष्ट ओर्जिनल र प्रिमियम सामग्रीहरुको ठूलो भण्डार समावेश छ । नेपालका ग्राहकहरुले जिएफसारेना डटकम वेबसाइटमा गई सोनी लाइभको सब्सक्रिप्सन विभिन्न डिजिटल वालेटहरु ई–सेवा, आईएमई पे वा खल्तीबाट भुक्तानी गरी तुरुन्तै किन्न वा नवीकरण गर्न सकिन्छ ।

नेपालमा पहिलो पटक विश्वविख्यात अनडिमान्ड ओटीटी प्लाटफर्म सोनीलाइभले टेलिनेट प्रालिसँग मिलेर आफ्नो सेवा विस्तार गरेको हो । यो एक आधिकारिक वितरक–पुनर्बिक्रेता हो । सोनी लाइभका सब्सक्राइबरहरुले वेब सिरिज, चलचित्र, अन्तर्राष्ट्रिय सामग्री, विशिष्ट खेलकुद सामग्री, आदि यही प्लाटफर्ममार्फत हेर्न सक्नेछन् । प्रयोगकर्ताहरुले यी सामग्रीहरु मोबाइल डिभाइसहरुमा साथै टिभीमा हेर्न सक्नेछन् भने कुनै पनि सदस्यले पाँच वटासम्म प्रोफाइल बनाउन पाउनेछन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया